आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

खाडी मुलुक र थाइल्याण्ड घुम्न जाने नेपालीले अब २५० डलर मात्रै बोके पुग्ने

  • प्रकाशित मिति : शुक्रबार, अशोज १५, २०७८



  • काठमाडौं । पर्यटक भिसामा खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया र थाइल्याण्ड जाने नेपाली नागरिकले बोक्नुपर्ने न्यूनतम रकम घटेको छ । सरकारले बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम रकम घटाएको हो ।

    अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार ती मुलुकमा जाने व्यक्तिको हकमा अब २५० अमेरिकी डलर वा सो सरहको विदेशी मुद्रा सटही गरेको प्रमाण भए पुग्नेछ ।

    ‘खर्च व्यहोर्ने व्यक्ति वा संस्था सबैको व्यहोरा खुलेको पत्र भए, त्यो पनि आवश्यक पर्नेछैन’ उनले अनलाइनखबरसँग भने । यसअघि ती मुलुक जान पनि ५ सय डलर सटहीको आवश्यकता पर्ने गरेको थियो ।

    युरोप, अमेरिका, जापान, कोरिया लगायतका मुलुकमा जाने व्यक्तिको हकमा चाहिं पहिले झैं ५ सय डलर न्यूनतम विदेशी मुद्रा सटही गरेको हुनुपर्ने भनिएको छ । कार्यविधिको दफा ३.१ को उपदफा (२) मा (घ १) थप्दै विदेशी मुद्रा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’ वर्गको बैंकबाट सटही गर्न सकिने भनिएको छ । तर सटही गर्दा विदेश जाने व्यक्ति स्वयं उपस्थित भएर अनिवार्य आयस्रोत खुलाउनुपर्ने भनिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij