आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुई महिनापछि डोटीले पायो सिडिओ

  • प्रकाशित मिति : शनिबार, अशोज १६, २०७८



  • डोटी । डोटी जिल्लामा दुई महिनापछि पहिलो पटक प्रमुख जिल्ला अधिकारी (सिडिओ) आउने भएका छन् ।

    तत्कालिन प्रमुख जिल्ला अधिकारी सुनिल खनाल साउन १० गते सरुवा भएर गृह मन्त्रालय गएपछि जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन भएको हो । राज पत्राङ्कित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीको दरबन्दी रहेको जिल्लामा खनालको सरुवा भएपछि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले निमित्त भएर काम गर्दै आइरहेकी छिन् ।

    शनिबार गृह मन्त्रालयले शंकरबहादुर बिष्टलाई डोटीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । राजपत्रांकित द्वितीय श्रेणीका विष्ट हाल बाँके जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत छन् ।

    दार्चुला र अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका विष्टलाई गृह प्रशासनको लामो अनुभव रहेको छ । उनी यसअघि डोटीमा सहायक प्रमुख जिल्ला अधिकारी रहिसकेका हुन । विष्टले साविकको सुदूरपश्चिमाञ्चल क्षेत्री प्रशासन कार्यालयमा निमित्त प्रशासकको जिम्मेवारी पनि सम्हालेका थिए ।

    प्रमुख जिल्ला अधिकारी आउने भएपनि जिल्ला प्रशासन कार्यालय डोटीमा अधिकृतहरुको दरवन्दीमा भने पदपूर्ति भएको छैन । दुई अधिकृतको दरवन्दी रहेको जिल्लामा एक अधिकृत पद लामो समयदेखि रिक्त छ । प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल साउन २८ गते सरुवा भएर गएपछि अर्को दरबन्दी रिक्त भएको । करीव दुई महिनादेखि सहायक प्रमुख जिल्ला अधिकारी जोशी एक्लैले सबै जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।

    जिल्ला प्रशासन कार्यालयमा राजपत्र अनङ्कित प्रथम श्रेणी, नासुको सात दरबन्दी छ । जसमा पाँच रिक्त छन् । त्यस्तै राजपत्र अनङ्कित द्वितीय श्रेणी खरिदार पदका चार दरबन्दीमध्ये तीन रिक्त छन् । दरबन्दी अनुसार कर्मचारी अभाव हुदाँ कार्यालय बाट दैनिक सेवा प्रवाहमा समस्या भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij