आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

च्याङ्ग्रा लिन व्यापारी मुस्ताङतर्फ

  • प्रकाशित मिति : सोमवार, अशोज १८, २०७८



  • Mountain goats being brought to Pokhara for the Dashain festival in Pokhara, on Thursday, October 6, 2016. Photo: RSS

    बागलुङ । दशैँ आयोकी च्याङ्ग्राको कुरा जोडिइहाल्छ। मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ। एक/दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन्। मनले इच्छाएझैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन।

    दशैँका लागि च्याङ्ग्रा लिन वर्षेनि यहाँका व्यापारी दुःखजिलो गरेर हिमालपारिको जिल्ला मुस्ताङ पुग्छन्। हप्तौँ समय र उस्तै खर्च लगाएर च्याङ्ग्रा ल्याउँछन्। व्यापारी अम्मरबहादुर क्षत्री, महेन्द्र केसीलगायत सोमबार जोमसोम पुग्नुभएको छ। कोही बाटोमा जाँदैछन्। भाउ महँगिएका कारण धेरै च्याङ्ग्रा ल्याउने सोचमा व्यापारी छैनन्। “यस वर्ष सय/डेढ सय च्याङ्ग्रा मात्र बागलुङमा भित्रने देखिन्छ”, केसीले भने, “जोमसोममै च्याङ्ग्राको मूल्य रु दश हजारसम्म बढेको छ।”

    मुस्ताङमा रोज्जा च्याङ्ग्राको मूल्य रु ४० हजारसम्म पुगेकाले यहाँ ल्याएर बेच्दा त्यसको भाउ रु ४५ हजारमाथि पुग्छ। मूल्यमा कुरा मिले बढी किन्ने नत्र पसलबाट बेच्नका लागि थोरै मात्र च्याङ्ग्रा ल्याएर फर्कने केसीले बताए। दशैँमा च्याङ्ग्राको मासुको अत्यधिक माग हुन्छ। केही वर्षअघिसम्म दुई हजारसम्म च्याङ्ग्रा यहाँ ल्याइने गरेकामा अहिले त्यो संख्या एकदमै कममा झरेको छ। कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले सहजरुपमा च्याङ्ग्रा मुस्ताङ ल्याउन पाउँदैनन्।

    स्थानीय च्याङ्ग्रा मात्र बजारमा आउने गर्छ। मुस्ताङमा पालिने च्याङ्ग्राले मात्र बजार माग धान्दैन। च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यापारी बताउँछन्। गत वर्ष यहाँका व्यापारीले रोज्जा च्याङ्ग्रालाई रु २७ हजार ५०० तिरेर ल्याएका थिए। अहिले त्यो बढेर रु ४० हजारसम्म पुगेको छ । मूल्य चर्को परेपछि कतिपय व्यापारी यसपालि च्याङ्ग्रा किन्नै गएनन् । यहाँका २० भन्दा बढी व्यापारीले दशैँमा च्याङ्ग्राको कारोबार गर्छन्। लामो बाटामा कठिन यात्रा तय गरेर उनीहरुले च्याङ्ग्रा भित्राउँछन्।

    अर्का व्यापारी क्षत्रीले गत वर्ष जोमसोमदेखि दुई दिनको बाटामा पर्ने चमर भन्ने ठाउँ पुगेर च्याङ्ग्रा ल्याएका थिए। कोभिड–१९ का कारण च्याङ्ग्राको व्यापार पनि खस्किएको क्षत्रीको भनाइ छ । “मूल्य बढेको थाहा पाएपछि धेरै व्यापारी च्याङ्ग्रा लिनै गएनन्”, उनले भने। च्याङ्ग्रा कम आउनु र बढ्दो करजस्ता कारणले पनि मूल्य महगिँदै गएको हो । व्यापारीको आउजाउमा पनि बढी खर्च हुन्छ। स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यापारीको गुनासो छ।

    पछिल्ला चार वर्षमा रु २० हजारभन्दा बढीले च्याङ्ग्राको भाउ बढेको छ। छ वर्षदेखि च्याङ्ग्राको कारोबार गर्दै आएका केसीले महँगो परे पनि दशैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको अनुभव सुनाए। उनको सदरमुकामका मासु पसलसमेत छ। गत वर्ष च्याङ्ग्राको मासु प्रतिकिलो रु १४ सय पुगेको थियो।

    यस वर्ष मूल्य झन् बढ्ने भएको छ । च्याङ्ग्राको व्यापारबाट पहिलेपहिले जस्तो कमाइ हुन छाडेको व्यापारी बताउँछन् । व्यापारीले एउटा च्याङ्ग्रामा रु एक/दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन्। हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij