आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शुक्रबार बेहुली बन्दै सुप्रिया

  • प्रकाशित मिति : सोमवार, अशोज १८, २०७८



  • अभिनेत्री, मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल शुक्रबार बेहुली बन्ने भएकी छिन् । उनी रियल जीवनमै बेहुली बन्न लागेकी हुन् । अभिनय सिलसिलामा थुप्रै पटक दुलही बनेकी उनको आगामी शुक्रबार (असोज २२) गते वैवाहिक समारोह आयोजना हुँदैछ । सो समारोहमा उनी निर्देशक सुदर्शन थापासँंग लगनगाँठो कस्दैछिन् ।

    सुप्रियालाई लिन दुलाहा सुदर्शन पासिखेल, शंकरापुरबाट काठमाडौंको बालुवाटारस्थित एउटा होटल जाने कार्यक्रम तय भएको छ । अभिनेत्री कटवालले आफ्ना नजिकका साथीभाई, पत्रकार लगायतलाई विवाहको निमन्त्रणा पत्र समेत पठाइसकेकी छन् ।

    वैवाहिक समारोह सम्पन्न हुने होटलमै विहीबार उनको मेहन्दी कार्यक्रम समेत राखिएको छ । मेहन्दीका लागि उनले आफ्ना नजिकका साथीहरुलाई निमन्त्रणा दिइसकेकी छन् ।
    सुप्रिया र सुदर्शनले गत भदौ २१ गते इन्गेजमेन्ट गरेका थिए । करिव एक बर्षको प्रेम सम्बन्धलाई दुबैले विवाहमा परिणत गर्न लागेका हुन् ।

    कटवाल पछिल्लो समय एक संचारमाध्याममा काम गर्छिन् , भने निर्देशक थापाले ‘मेरो एउटा साथी छ’, ‘धन्दा’, ‘मधुमास’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ लगायतका फिल्म बनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij