आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

खसीबोका मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ, सस्ताेमा पाउँदा ग्राहक पनि खुसी

  • प्रकाशित मिति : शनिबार, अशोज २३, २०७८



  • काठमाडौं । दशैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको छ ।

    कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसी, बोकाको मूल्य दशैंका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा विक्री वितरण गरेको हो ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरूलाई आग्रह गर्नुभयो । उहाँले खसी, बोकाको अभाव हुन नदिने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

    कम्पनीले हाल २ हजार खसीबोका बिक्रीका लागि ल्याएको छ । तर, ग्राहक बढेको खण्डमा थप गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिनुभयो । उहाँले दैनिक ५ सय वटा खसीबोका बिक्री हुने अनुमान गरिएको बताउनुभयो ।

    यता ग्राहकहरूले पनि बजारमा भन्दा सस्तोमा खसीबोका उपलब्ध भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले खसीबोका स्वस्थ रहेको र बिक्री वितरणको व्यवस्था पनि गत वर्षको भन्दा सहज भएको बताए ।

    कम्पनीले बिहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म खसीबोका बिक्री वितरणको व्यवस्था मिलाएको छ । कम्पनीले यस वर्ष कोरोनाका कारण चीनबाट च्याङ्ग्रा भने भित्र्याउन नसकिएको स्पष्ट पारेको छ । कम्पनीले दाङ र मकवानपुरबाट खरीद गरेर खसीबोका ल्याएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij