प्रकाशित मिति : सोमवार, अशोज २५, २०७८
बुटवल ।
लुम्बिनी प्रदेश सरकारले बुटवलको मोतिपुर भएको झडपमा परी मृत्यु भएका प्रत्येक परिवारलाई एकरएक लाख दिने भएको छ । सोमबार बसेको सुरक्षा समितीको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले झडपमा परी मृत्यु भएका परिवारलाई जनही १र१ लाख दिने घोषणा गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विक ले बताए ।
आइतबार मोतिपुर अद्यौगिक करिडोरको जग्गा कब्जा गरेका स्थानीय र सुरक्षाकर्मीबिच झडप हुँदा ४ जनाको मृत्यु भएको थियो भने ७४ जना घाइते भएका थिए । साथै झडपमा परी घाइते भएका सबैको उपचार जिम्मा सरकारले लिने भएको छ । मुख्यमन्त्री केसीले मोतिपुरका वास्ताविक सुकम्बासीको समस्या हल गर्नका लागि सकुमबासी समस्या सामाधान सुझाव कार्यदल निर्माण गर्नका लागि रुपेन्देहीको प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको सल्लाहकार बिक ले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समस्या सामाधान सुझाव कार्यदलमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपेन्देहीको प्रतिनिधी, नापी कार्यालय रुपेन्देही प्रतिनिधी, औद्योगिक ग्राम रुपेन्देहीको प्रतिनिधी, भूमिहिनकोको प्रतिनिधी लगायतको टोलीले सम्मेलित एक कार्यदल गठनका लागि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी प्रदान गरिएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij