आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कालापानी, लिपुलेक र लिम्पियाधुरावासीसँग भारतीय नागरिकता, कति छन् जनसंख्या ?

  • प्रकाशित मिति : मङ्लबार, अशोज २६, २०७८



  • दार्चुला । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत गणना हुने वा नहुने चर्चा र चासोको विषय बनेको छ । हाल नेपाल सरकारले उक्त क्षेत्र नयाँ नक्सामा समेटेकाले नेपालको भूगोलमा बसोबास गर्ने नागरिकहरूको जनगणना गरिनुपर्ने विभिन्न निकायले सरकारसँग माग गरिरहेका छन् ।

    राष्ट्रिय जनगणनाका लागि दार्चुला जिल्लामा घरपरिवारको लागत संकलन गरिएको छ । तर, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका ती गाउँहरूको लगत संकलन गर्न नसकिएको जिल्ला जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए ।

    भारतको अतिक्रमणका परेका गाउँहरूमा यथास्थितिमा सुपरिवेक्षक वा गणक गएर गणना गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । सर्वाधिक चासो र चर्चामा रहेको उक्त क्षेत्रमा कति घरपरिवार र जनसंख्या छ भन्ने विषयमा सन् २०११ मागरिएको भारतीय जनगणनको रिर्पोटको आधारमा उक्त क्षेत्रको जनसंख्यालगायतका विषयमा खोजेका छौ ।

    भारतको राष्ट्रिय जनगणना सन् २०११ मा भएको थियो । सन् २०२१ मा फेरि अर्को जनगणनाको तयारी छ । नौ वर्षअघिको जनगणनाअनुसार अतिक्रमित क्षेत्रमा पर्ने कुटी गाउँमा एक सय १५ घरधुरी छन् भने जनसंख्या ३ सय ६३ छ । जसमध्ये पुरुष एक सय ९८ र महिला एक सय ६५ छन् ।

    ६ वर्षमुनिका बालबालिका २७, दलित ३१ र जनजाति (सौका समुदायका) दुई सय ९१ जना छन् । एक सय १५ घरधुरी रहेको कुटी गाउँको साक्षरता दर ८७ प्रतिशत रहेको पिथौरागढ जिल्ला प्रशासनकार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।

    नाभीग्राम पञ्चायतअन्तर्गत महाकालीपूर्वको नाभीगाउँमा ३२ घरधुरी छन् । नाभीगाउँको जनसंख्या ७८ छ । सबैजना सौका समुदायका छन् । ४५ पुरुष र ३३ महिलातथा ६ वर्षमुनिका दुई बालबालिका छन् । साक्षरता प्रतिशत ८५ रहेको छ ।

    गुञ्जीग्राम पञ्चायतमा पर्ने गुञ्जीगाउँमा एक सय ९४ घरधुरी छन् । दुई सय २९ पुरुष र एक सय ६ महिला गरी तीन सय ३५ जनसंख्या छ । ६ वर्षमुनिका १९ बालबालिका र दलित समुदायका ११ नागरिक गुञ्जीमा बसोवास गर्दछन् । ८७ प्रतिशत साक्षरता छ ।

    अतिक्रमित नेपाली भूमिका तीनवटै गाउँको जनसंख्या सात सय ७६ छ भने घरधुरी संख्या तीन सय ४१ छ । जनसंख्यामध्ये महिला तीन सय चार र पुरुष चार सय ७२ छन् । तीनवटै गाउँमा सौका समुदायको जनसंख्यामात्रै पाँच सय ६३ रहेको भारतको सरकारको अभिलेख छ ।

    कालापानी, लिपुलेक र लिम्पियाधुरा सबैले चिन्ने नाम हुन् । तर, यीगाउँका नाम नभएर पहाडी श्रृङखलाका नाम हुन् । यस क्षेत्रमा पर्ने तीनगाउँहरू कुटी, नाभी र गुञ्जी हुन् ।

    भारतको सैनिक नियन्त्रणमा रहेको उक्त क्षेत्रमा भारतीय नागरिकले समेत प्रशासनको लिखित अनुमति लिएर मात्रै प्रवेश पाउँछन् । यसकारण कुनै पनि नेपालीले त्यसक्षेत्रमा भ्रमण गर्ने र वस्तुस्थितिबारे जानकारी राख्ने विषय असम्भवप्रायः छ ।

    नयाँ नक्सा जारी हुनुभन्दा पहिले त्यस क्षेत्रका सुरक्षाकर्मीको कामदारका रूपमा नेपालीहरू जाने गरेको भए पनि हाल नेपालीहरूको प्रवेशमा पूर्ण निषेध गरिएको छ । लिम्पियाधुरादेखि बगेर आउने महाकालीनदीको पूर्वीक्षेत्रमा पर्ने कुटी, नाभी र गुञ्जीगाउँका वासिन्दासँग अहिले भारतीय नागरिकता छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij