आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

संसद् सहज भएपछि तेजाबसम्बन्धी अध्यादेश फेरि सक्रिय : मन्त्री उमा रेग्मी

  • प्रकाशित मिति : मङ्लबार, अशोज २६, २०७८



  • चितवन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले संसद सहज भएपछि तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्ने अध्यादेश सक्रिय हुने बताएकी छन्। मन्त्री नियुक्त भएपछि मंगलबार पहिलो पटक गृहजिल्ला आएकी रेग्मीले पत्रकारहरुसँग कुराकानी गर्दै एमालेका कारण अध्यादेश निश्क्रिय भएको आरोप लगाइन्।

    महिलामाथि तेजाब आक्रमणका घटना बढ्दै गएपछि केपी ओलीको सरकारले यो अध्यादेश जारी गरेको थियो। ‘अध्यादेश रद्द भएको होइन, एमालेले सदन घेरिरहेको छ। सदन सहज छैन। त्यसैले गर्दा पारित गर्न नसकिएको हो। अलिकति सदन सहज हुने बित्तिकै सरकारले यो अध्यादेशलाई सक्रिय बनाउँछ’, उनले भनिन्।

    तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्ने अध्यादेश र यौन हिंसाविरुद्धको केहि ऐनलाई संशोधन गर्ने अध्यादेश निश्क्रिय भएको हो। केपी ओलीको सरकारले जारी गरेको उक्त अध्यादेश संसदबाट समयमै पारित नभएपछि अध्यादेश निश्क्रिय भएको हो। अध्यादेशमा पीडकलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था थियो।

    फरक प्रसंगमा बोल्दै नेपाली कांग्रेसकी नेतृ समेत रहेकी रेग्मीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबोलमै पार्टी सभापतिले सरकारमा जाने निर्णय गरेको बताइन्। अधिबेशन लागेको भएर वरिष्ठ नेता पौडेलले अहिले आएर पार्टी सभापतिमा सत्ताकोे लोभ देखेको उनले बताइन्।

    उद्योग मन्त्रीमा गजेन्द्र हमाललाई गरेको नियुक्तिको विषयमा पनि उनले पार्टी सभापति देउवाको बचाउ गरिन्। हमाल कांग्रेसकै पुराना नेता भएकाले छ महिनाका लागि नियुक्त गरिएको र त्यसमा कुनै सेटिङ नभएको दाबी गरिन्। यद्यपी आलोचना भएपछि हमालले मन्त्रीबाट राजिनामा दिएर स्वाभिमान देखाएको बताइन्।

    गृह जिल्ला आएकी मन्त्री रेग्मीलाई कांग्रेसका नेता कार्यकर्ताहरुले बाजागाजासहित धुमधामसँग स्वागत गरेका थिए। मन्त्रीलाई स्वागत गर्न विमानस्थलभित्रै भिड लागेको थियो। नेता कार्यकर्ताहरुले पुष्प गुच्छा र खादा ओढाएर स्वागत गरेका हुन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij