प्रकाशित मिति : बुधबार, अशोज २७, २०७८
रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले गाउँ गाउँमा मेलाको आयोजना गरेर मनोरञ्जनको नाउँमा अर्धनग्न नाच गराउने जनप्रतिनिधिलाई पनि कारबाहीको दायरामा ल्याउन पछि नपर्ने चेतावनी दिएका छन् । चाडपर्वमा गरिएको सुरक्षा योजनाबारे जानकारी दिँदै घिमिरेले रौतहट लगायत तराईका जिल्लाहरूमा भारत र नेपालको विभिन्न स्थानबाट महिला ल्याएर मेलाहरूमा गराउने अर्धनग्न नाचले समाजमा विकृति फैलिने भएकाले त्यस्तो गतिविधि नियन्त्रण गरिने बताएका हुन् । कुनै पनि स्थानमा मेला, नाच, कुस्ती तथा अन्य कुनै समारोह गर्दा आयोजकले स्थानीय प्रशासनसँग अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने बताए ।
जिल्लाको घुमुवा प्रहरीको गलत गतिविधि,तस्करी,अवैध मदिरा उत्पादन नियन्त्रण गर्ने प्रहरीको पहिलो काम रहेकाले त्यस्तो हरकत देखिएमा पनि खबर गर्न एसपी घिमिरेले रौतहट =बासीलाई आग्रह गरेका छन् । दसैँ, तिहारमा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीको समन्वयमा नेपाल प्रहरी २४ सै घण्टा खटिरहेको उनले जानकारी दिएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij