आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हाँस बिक्रि नहुँदा व्यवसायी चिन्तित

  • प्रकाशित मिति : बिहिबार, अशोज २८, २०७८



  • तनहुँ । ब्यास नगरपालिकाको पोखरी भन्ज्याङ अहिले हाँस भञ्ज्याङको रुपमा चिनिन थालेको छ । स्वदेशमै पसिना बगाऔ भन्ने उद्धेश्यले हाँस पालनमा लागेका युवाहरुले युगिन कृषि फार्म सञ्चालन गरेर हाँस पालनमा लागेपछि यस ठाउँमा कृषि कर्मममा लाग्ने युवाहरुको संख्या बढ्दै गएको छ ।

    युवाहरुले सञ्चालन गरेको यो फार्म अहिले हाँसको बथानले भरिभराउ छ । तर, लकडाउनका कारण बिक्रि गर्न योग्य हाँस बिक्रि हुन सकेको छैन । हाँस पालेर आम्दानी लिन सकिन्छ कि भनेर व्यवसाय गरेका यहाँका कृषक बिक्री गर्ने बेलामा बजार नहुँदा समस्यामा परेको अनिता ढकालको दुखेसो छ ।

    अहिले बिक्रि गर्न योग्य भएका आठ हजार हाँस बिक्रि नहुँदा फार्ममै छन् । बिक्रि गर्ने बेलाका हाँस व्यापारी नआउँदा भने कृषकले दाना खुवाएरै राख्नुपर्ने बाध्यता छ । दैनिक एक लाख रुपैयाँको दाना हाँसलाइ खुवाउनुपर्ने भएपनि कृषकले अहिले ४० हजारको मात्रै दाना खुवाउने गरेका छन् । पछिल्लो समय कोरोनाका कारण भएको बन्दाबन्दिले गर्दा कृषकहरु मर्कामा परेका हुन ।

    अरु बेला पन्ध्र सय रुपैयाँ प्रतिकिलो बिक्रि गरिदै आएको हाँस यतिखेर एक हजार रुपैयाँमा पनि बिक्रि हुन गाह्रो भएको कृषकको गुनासो छ । हाँसको लागि छुट्टा छुट्टै तीन ओटा पोखरी बनाईएको छ । काठमाडौ र चितवनमा हाँस बिक्रि हुने गरे पनि होटलहरु बन्द भएकाले हाँस बिक्रि हुन नसकेको फार्मका प्रोपाइटर इस्वरराज पन्थको भनाई छ ।

    दैनिक एक लाख रुपैय बढीको हाँसको कारोबार हुने समय भएपनि बन्दाबन्दीले गर्दा अहिले दैनिक आठ हजारको मात्रै हाँस बिक्री हुने गरेको छ । बुटबलबाट एक सय बीस रुपैयाँमा खरिद गरी ल्याएर हाँस पालेका पन्थले बिक्री नै नभएपछि निरास बनेका हुन् । त्यसैले स्थानीय सरकारले यस्ता हाँसपालक कृषकको समस्यालाई समाधान गर्न सहजीकरण गरे हाँसपालक कृषकहरुको भलाई हुने थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij