आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कृषि फर्मको माछा पोखरीमा विष, माछा मरे

  • प्रकाशित मिति : शुक्रबार, अशोज २९, २०७८



  • झापाको कचनकवल गाउँपालिका–३ स्थित एक माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेका छन् । यहाँस्थित सक्षम युवा कृषि फर्मको माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेको कृषि र्फमका सञ्चालक बुद्धिप्रसाद गौतमले जानकारी दिए ।

    “चार दिनयता माछा मरिरहेका छन्”, गौतमले भने, “कुखुराको आन्द्रा भुँडीमा विष हालेर पोखरीमा हालिएको भेटियो, मरेका माछाले कुखुराको भुँडी खाएको भेटियो ।” गत सोमबारदेखि माछा मर्न थालेको उनको भनाइ छ । करिब आधा किलो तौल भएको माछा उनले केही दिन अघिदेखि मात्र बिक्री गर्न थालेका थिए । “सोमबार आठ÷दश वटा माछा मरेको भेट्यौँ”, उनले भने, “त्यसको भोलिपल्ट मङ्गलबार ५० वटा जति, बुधबार एक क्विन्टल र आज दुई क्विन्टल जति मरेका माछा पोखरीबाट निकाल्यौँ ।”
    पोखरीमा १० हजार माछाको भुरा हालेको उनको भनाइ छ । पोखरीमा हालिएको विषका कारण करिब १० क्विन्टल माछा मर्ने र सोबाट रू तीन लाखभन्दा बढी घाटा हुने उनले बताए । पोखरीमा कसले विष हाल्यो भन्ने यकिन नभएको उनले बताए । मरेका माछा प्रहरीको सल्लाहमा आफूले खाल्डो खनेर पुरेको उनले बताए । सक्षम युवा कृषि फर्म दर्ता गरेर विसं २०७२ सालदेखि चार बिघा १५ कठ्ठा क्षेत्रफलमा माछा, बाख्रा र राँगा पालन गर्दै आएको सञ्चालक गौतमले बताए ।
    पोखरीमा विष हालिएको विषयमा उनले प्रहरी चौकी पथरियामा समेत निवेदन दिनुभएको छ । निवेदनपछि आफूहरुले घटनास्थलको निरीक्षण गरेको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सुरेशकुमार शेर्माले बताए । “माछा मरेको छ”, उनले भने, “अनुसन्धान गर्दैछौँ ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij