आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रूपन्देहीमा बाढीले डाइभर्सन बगायो

  • प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७८



  • काठमाडौं । रूपन्देहीमा बाढीले डाइभर्सन बगाएको छ । देवदहस्थित घोडाहमा बनाइएको डाइभर्सन बाढीले बगाएको हो ।

    गए रातिदेखि लगातार परेको पानीले यहाँका खोलामा पानीको सतह बढेको छ । यस अघि पनि भदौमा परेको वर्षापछि आएको बाढीले घोडाह पुल भासिएको थियो ।

    पुल भासिएपछि डाइभर्सन बनाइएको थियो । डाइभर्सन बाढीले बगाएपछि फेरि पनि यातायात अवरूद्ध भएको छ । यातायात अवरुद्ध हुँदा बुटवलबाट पूर्व जाने सवारी साधन चल्न सकेका छैनन् ।

    रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत क्षेत्रमा आइतबारदेखि निरन्तर वर्षा भइरहेको छ । मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले वर्षा अझै केही दिन जारी रहने बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij