आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

यी महिलाले मानिसहरुलाई धनी बन्ने सपना देखाएर ६ खर्ब ६० अर्ब रुपैयाँ लुटिन्

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७८



  • काठमाडौं। क्रिप्टोकरेन्सीले पछिल्लो समय ठूलो सफलता पाइरहेको छ । अहिलेसम्म क्रिप्टोकरेन्सीको बजार १९० ट्रिलियनको भइसकेको छ । तर, क्रिप्टोकरेन्सीको यो सफलताको बीचमा एक यस्ती महिला पनि थिइन् जसले आफूलाई क्रिप्टोकरेन्सीकी महारानी भन्थिन् । उनले क्रिप्टोकरेन्सीको नाममा विश्वकै सबेभन्दा ठूलो ठगी गरिन् । उनले कूल ४ बिलियन युरो अर्थात साढे ६ अर्ब नेपाली रुपैयाँभन्दा धेरैको ठगी गरेकी थिइन् ।

    मूल रुपले बुल्गेरियाकी महिला रुजा इग्नातोभा पेशाले डाक्टर थिइन् । बिटक्वाइनको सफलता देखेपछि रुजाले वनक्वाइन नामको अर्को क्रिप्टोकरेन्सी लञ्च गरेकी थिइन् । रुजाले एक दिन वनक्वाइन संसारकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बन्ने र मानिसहरुले यसबाट कैयौं गुणा नाफा कमाउने बताएकी थिइन् ।

    अमेरिकी एजेन्सीहरुका अनुसार वनक्वाइन कम्पनीले विश्वभरीबाट ४ अर्ब युरो ठगी गरेको छ । यससँग सम्बन्धित केही केसको सुनुवाइ अहिले पनि चलिरहेको छ । एक केसमा फ्लोरिडाका डेभिड पाइकले आफ्नो अपराध स्वीकार गरेका छन् । ६१ वर्षका डेभिड पाइकले मंगलबार म्याहट्टन संघीय अदालतमा भएको सुनुवाइमा धैंक घोटालाको षड्यन्त्रको आरोप स्वीकार गरेका हुन् ।

    २०१६ मा वनक्वाइनका विषयमा रुजा इग्नातोभाले लण्डनदेखि दुबइसमेत कैयौं देशमा सेमिनार गरेकी थिइन् । हरेक सेमिनारमा उनी वनक्वाइनले बिटक्वाइनलाई उछिन्ने दावी गर्थिन् । बीबीसीका अनुसार अगष्ट २०१४ देखि मार्च २०१७ को बीचमा विश्वभरका कैयौं देशहरुबाट वनक्वाइनमा ४ बिलियर युरो लगानी भइसकेको थियो ।

    रुजा लगातार सेमिनार गरिरहेकी थिइन् र लगानीको गति पनि बढिरहेको थियो । सबैभन्दा खास कुरा त के भने मानिसहरुले केवल रुजाको कुरा पत्याएर लगानी गरिरहेका थिए । अन्यथा वनक्वाइनसँग त्यो ब्लकचेन प्रविधि नै थिएन जसमा बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सीले काम गर्छन् । रुजाले वनक्वाइनलाई ब्लकचेनसँग जोड्ने कोसिस गरिन् तर उनी असफल भइन् ।

    वनक्वाइनको सबेभन्दा सानो प्याकेज १४० युरोको थियो र सबैभन्दा ठूलो प्याकेज १ लाख १८ हजार युरोको थियो । मानिसहरुसँग एक्सचेन्ज खोल्ने दप्रतिबद्धता गरिएको थियो जसबाट उनीहरुले भविष्यमा आफ्नो वनक्वाइनलाई डलर वा युरोमा बदल्न सक्थे । मानिसहरुले यही एक्सचेन्जको प्रतिक्षा गरिरहेका थिए किनकि उनीहरुको पैसा वनक्वाइनको साइटमा कैयौं गुणा बढिरहेको थियो ।

    बीबीसीको रिपोर्टअनुसार वनक्वाइनमा अगष्ट २०१४ देखि मार्च २०१७ सम्म २ अर्ब युरो लगानी भएको थियो । केही मानिसहरु भने वनक्वाइनमा १५ अर्ब युरोभन्दा धेरै लगानी भएको हुन सक्ने मान्छन् । यही बीचमा क्रिप्टोकरेन्सीका समर्थकहरु वनक्वाइनका लगानीकर्ताहरुको सम्पर्कमा आउन थाले र ती लगानीकर्तालाई वनक्वाइनको वास्तविकता बताउन थाले ।

    जतिबेला वनक्वाइनका लगानीकर्ताले वास्तविकता थाहा पाएकै थिउनन् त्यतिबेला रुजा आफ्नो कमाइबाट नयाँ नयाँ सम्पत्तिहरु किनिरहेकी थिइन् । उनले बुल्गेरियाको राजधानी सोफिया र ब्ल्याक सीको किनारामा रहेको सहर सोजोपोलमा लाखौं डलरको सम्पत्ति किनिन् । रुजा अक्टोबर २०१७ मा पोर्चुगलको लिस्बनमा एक कार्यक्रममा आउनुपर्ने थियो ।

    तर, रुजा आजसम्म पनि लिस्बन पुगेकी छैनन् । उनी बेपत्ता भएकी छिन् । उनीसँगै त्यो क्रिप्टोकरेन्सी पनि गायब भएको छ जसले हजारौं लाखौं लगानीकर्तालाई रातारात धनी बन्ने सपना देखाएको थियो । यसको जाँच अहिले पनि चलिरहेको छ तर अहिलेसम्म रुजाको बारेमा कुनै जानकारी छैन । अहिले कसैले रुजा मरिसकेको भन्छन्, केहीले उनी कहीँ लुकेर बसेकी छिन् भन्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij