आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हिमाल चढ्न गएका होमस्टे व्यवसायीको निधन

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७८



  • मकालु हिमाल आरोहण गर्न गएका इलामको सूर्याेदय नगरपालिकास्थित श्रीअन्तुका होमस्टे व्यवसायीको निधन भएको छ। होमस्टे एसोसिएसन १ नम्बर प्रदेशका उपाध्यक्ष तथा सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित मेची माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका धरणी घिमिरेको मकालु बेसक्याममै निधन भएको हो।

    हिमाल चढ्न सँगै गएका धरणीका माइला दाजु तथा होमस्टे व्यवसायी रुद्र घिमिरेका अनुसार मकालु हिमालको ४ हजार २ सय मिटर उचाईको टाडोसा बेसक्याम्पभन्दा केही माथि ४ हजार ६ सय १० मिटर उचाईमा पुगेपछि धरणी बिरामी परेका थिए। गत असोज ३१ गते बिरामी परेर बेहोस भएपछि उनलाई त्यहाँबाट फर्काएर टाडोसा हुँदै याङ्माले बेसक्याम्प ल्याइँदैथियो।

    ‘तर, कुनैपनि माध्यमबाट सम्पर्क हुन नसकेका कारण घरमा समेत यो घटनाको खबर पुर्‍याउन पाइएन,’ त्यहाँबाट फर्केर संखुवासभाको नुम बजार आइपुगेका रुद्रले नागरिकसँग भने, ‘फोन सम्पर्क हुने ठाउँमा हिजोमात्रै आइपुगेर सबैतिर खबर गर्‍यौं।’ बिरामी लिन पुग्न नसकेपनि शव बोकाउन हेलिकप्टर मगाउँदासमेत पुग्न नसकेको उनले बताए। ‘नुम बजारसम्म शव ल्याउन स्थानीयलाई २ लाख रुपैयाँमा जिम्मा दिएपछि २ घण्टाभन्दा बढी बोक्न सकेनन्,’ रुद्रले सुनाए, ‘हाम्रो परम्पराअनुसार स्थानीय बरुण नदीमा शव जलाउन प्रयास गर्दा सम्भव नभएपछि स्थानीय समुदायकै परम्पराअनुसार सद्गत गरेर नुमसम्म आइपुगेका छौं।’

    इलामको सूर्याेदय नगरपालिकाका ४ सहित ७ युवा मकालु हिमाल आरोहण गर्न गत असोज २५ मा हिँडेका थिए। उनीहरू अन्तुबाट धरान हुँदै २७ गते नुम बजार पुगेका थिए। मकालु बेसक्याम्प पुगेपछि धरणीको अक्सिजन लेभल घटेको थियो। ‘स्थानीय जानकारका अनुसार भाइलाई एक्विट निमोनियाँ भएको थाहा भयो,’ रुद्रले भने, ‘उनलाई अस्पताल पुर्‍याउन निकै प्रयास गरेपनि सबै प्रयास बिफल बनिदिए।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij