आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बन्जीजम्पका क्रममा डोरी चुँडिएपछि ८० फिट तल खसेर महिलाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, कार्तिक ६, २०७८



  • काठकाडौं। साहसिक खेलकी सौखिन एक महिलाको बन्जीजम्पका क्रममा ज्यान गएको छ । यी महिलाले बन्जीजम्प गर्ने क्रममा उनको खुट्टा बाँधिएको डोरी चुँडिएपछि ८० फिट तल खसेर उनको मृत्यु भएको हो । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा महिलाले छतमा बन्जी जम्पको तयारी गरिरहेको र उनी हाम्फालेपछि दर्दनाक दुर्घटना भएको देख्न सकिन्छ ।

    डेलीमेलको रिपोर्टअनुसार कजाखस्तानकी ३३ वर्षकी येवजिनिया लिओन्तिभा अ ाफ्ना पति र साथीहरुसँग एक होटलमा गएकी थिइन् । लिओन्तिभा ३ बच्चाकी आमा थिइन् । उनीहरु गएको होटलको छतमा बन्जी जम्प भइरहेको थियो । लिओन्तिभाले पनि बज्नी जम्प गर्ने इच्छा देखाइन् र छतमा गइन् । तर, उनी हाम्फालेपछि उनलाई अड्याउनुपर्ने डोरी चुँडियो र उनी भुइँमा खसिन् ।

    लिओन्तिभा करिब ८२ फिट उचाइबाट भुइँमा खसेकी थिइन् । उनलाई तत्काल अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भयो । रिपोर्टका अनुसार उनले यसअघि पनि बन्जी जम्प गरेकी थिइन् । पुलिसले यो घटनामा हत्याको कोणबाट पनि जाँच गरिरहेको छ । बन्जी जम्पिङका मालिकलाई पक्राउ गरिएको छ । उनीमाथि सुरक्षा नियममा लापरवाही गरेको आरोप छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij