आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

भोलिदेखि सर्वोच्चमा बहस गर्दैनौं– वरिष्ठ अधिवक्ता थापा

  • प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७८



  • काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले बुधबारदेखि कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा बहस नगर्ने बताउनुभएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने र उहाँले गरेका गलत कामको छानविन हुनुपर्ने आफूहरूको माग रहेको थापाले बताउनुभयो ।

    नेपाल बार एसोसिएसनले बोलाएको सल्लाहकार समितिको बैठकमा आफ्ना धारणा राखेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधाीश जबरा पदमा रहेसम्म सर्वोच्चमा बहस बहिस्कार गर्ने जानकारी दिनुभयो ।

    बारको सल्लाहकार समितिमा पूर्वअध्यक्ष, उपाध्यक्ष र महासचिव रहेका छन् । बारका पूर्वअध्यक्ष समेत रहेका थापाले प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो ।

    मंगलबारको बैठकमा सल्लाहकार समितिका ३७ जनाले प्रधानन्यायाधीशबारे बारले कस्तो निर्णय गर्नु उपयुक्त हुन्छ भन्नेबारे सुझाव दिएका थिए । त्यसमध्ये ३६ जनाले बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्नुपर्ने बताएका थिए ।

    सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले दिएको प्रतिवेदनले न्यायालयमा बिचौलिया रहेको औंल्याएको भन्दै थापाले त्यसलाई कार्यान्वयन नगरी रोक्न स्वयं प्रधानन्यायाधीश जबरा सक्रिय रहेको आरोप लगाउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij