आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौंका एसएसपी अशोक सिंहको सरुवा, सिआइबीका सुदिप गिरीलाई नयाँ प्रमुखको जिम्मेवारी !

  • प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७८



  • काठमाडौं । गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहको काज रुपमा सरुवा गरेको छ। साथै काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा कार्यरत एसएसपी सुदीप गिरीलाई दिने निर्णय भएको बताइएको छ।

    सिंह २०७७ मंसिर ५ मा काठमाडौं प्रहरी प्रमुख बनेका थिए। मंगलबार साँझ गृहमन्त्री बालकृष्ण खाणले सिंहलाई हटाएर गिरीलाई पठाउने निर्णय गरेका थिए। गृहमन्त्री खाणले निर्णय गरेपनि कांग्रेसभित्र कुरा नमिल्दा कार्यान्वयनमा अलमल भएको छ।

    गृह मन्त्रालयले सिंहलाई भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको छ। एसएसपी गिरी पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीका छोरा हुन्। निर्मला पन्त प्रकरणमा अनुसन्धान गरेका गिरीले प्रहरी उपरीक्षक (एसपी) हुँदा पर्साको कमाण्ड गरेका थिए।

    प्रहरी हेडक्वार्टरमा भने एसएसपी सरुवाको आधिकारिक पत्र पुगेको छैन। नेपाल प्रहरीका प्रवक्ता एएसपी वसन्त कुँवरले सरुवाबारे कुनै जानकारी नभएको बताएका छन्।

    पार्टीभित्रबाट सिंहलाई नहटाउन दबाब आएका कारण गृहमन्त्री खाँण नै अन्यौलमा परेपछि कार्यान्वयनमा समस्या आएको गृह मन्त्रालय स्रोतको दाबी छ।

    गृहमन्त्री बालकृष्ण खाणले भने आईजीपी शैलेश थापा क्षेत्रीलाई आफुले गरेको निर्णयमा तलमाथि नहुने वताइसकेको प्रहरी स्रोत वताउँछ।

    एसएसपी सिंह जुनियर भए पनि डिआईजी बढुवा बन्ने लाइनमा रहेको हुँदा काठमाडौं बाहिर नजाने अडानमा रहेको बुझिएको छ।
    online Nepal बाट।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij