प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७८
काठमाडौँ । गृह मन्त्रालयले ललितपुरका सहायक सीडीओ ललितकुमार बस्नेतलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा पठाइने भएको छ ।
सोहि ठाउँमा गृहका उपसचिव हरिप्रसाद पन्तलाई ललितपुरको सहायक सीडीओको जिम्मेवारी दिइएको छ । पन्त मकवानपुर सहायक प्रजिअ, मनाङ प्रजिअ, रसुवा प्रजिअ, गृह मन्त्रालय हुँदै हाल उनलाई ललितपुरको साहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । अन्तर्गतका उपसचिवलाई निजामती सेवा ऐन २०४९को दफा १८ (क) बमोजिम कर्मचारी सरुवा गर्न लागिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
यस्तै गृहकी उपसचिव कल्पना घिमिरेलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गर्ने भएको छ । भिमफेदी कारागार मकवानपुरका जेलर उपसचिव नारायण पाण्डेलाई इलाका प्रशासन कार्यालय चन्द्रौटा सरुवा गरिने भएको छ भने गृहका उपसचिव इश्वरीप्रसाद ढकाललाई कास्कीको सहायक सीडिओको जिम्मेवारी दिइएको छ । गृहका उपसचिव विष्णु पौडेललाई बाँकेको सहायक सीडिओको जिम्मेवारी दिइएको छ भने गृहका उपसचिव मिना अर्याललाई राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा पठाइने भएको छ ।
यस्तै गृहका उपसचिव सागर शाहलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग र इलाका प्रशासन कार्यालय उर्लाबारीका उपसचिव श्रवणकुमार पोखरेललाई कारागार व्यवस्थापन विभागमा पठाएको छ ।
त्यस्तै गृहका उपसचिव श्रीधर केसीलाई सुर्खेतको सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव लक्ष्मण ढकाललाई कारागार व्यवस्थापन विभाग, मोहनप्रसाद अर्याललाई इलाका प्रशासन कार्यालय सिमरा, वासुदेव घिमिरेलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिने भएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij