आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लागु औषधसहित दुई जना पक्राउ

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७८



  • हेटौंडा । मकवानपुर प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध पक्राउ गरेको हो ।

    मनहरी बजारस्थित चेकपोष्ट अगाडि वीरगञ्जबाट चितवन तर्फ जाँदै गरेको ना ७ ख २०१९ नम्बरको यात्रु बसमा सवार भारतको बिहारस्थित पुर्वी चम्पारणका २२ वर्षीय सद्दाम अन्सारी र सिसवा सौनाहा वडा नम्बर २ बस्ने १८ वर्षका रोहान आलमलाई पक्राउ गरेका हो ।

    उनीहरुको साथबाट झोलामा लुकाई ल्याइएको लागुऔषध डाईजेपाम ३०० एम्पुल, फेनार्गन ३०६ एम्पुल र नुफिन ३४० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । थप अनुसन्धान जारी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij