प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७८
काठमाडौं । तिहार आउने क्रम सुरु हुँदै छ । जलवायु परिवर्तनका कारण आएको अस्वाभाविक वर्षाले धानबाली तथा अन्य बिरुवामा गम्भीर क्षति पु(याए पनि तिहारमा अत्यधिक चाहिने सयपत्री, मखमली फूलहरूको अभाव भने नहुने भएको छ ।
मुलुक सयपत्री फूलमा आमनिर्भर हुँदै गएकाले पनि तिहारमा सयपत्री फूलको मालाको अभाव नहुने देखिएको हो । पछिल्लो समय किसानले सयपत्री फूललाई व्यावसायिक रूपमा खेती गर्न थालेपछि सयपत्री फूलमा मुलुक आमनिर्भर हँुदै गएको छ । प्mलोरिकल्चर एसोसिसन नेपालका महासचिव विश्वमणि पोखरेलले मागअनुसार ९० प्रतिशत सयपत्री फूल स्वदेशमै उत्पादन हुने गरेको बताए । उनले धेरै फूल नेपालमै उपलब्ध हुने भए पनि स्थानीय बजारको माग धान्न तिहारको समयमा मात्रै १० प्रतिशत फूल भारतबाट आयात गर्ने गरिएको बताए ।
फूल व्यवसाय गर्ने कृषकलाई सरकारले बीउबिजन, फूल राख्ने मलहरूमा प्रभावकारी रूपमा सहयोग गरे आउने दुई÷चार वर्षभित्रमा नेपाल फूलमा शतप्रतिशत आत्मनिर्भर हुन सक्ने महासचिव पोखरेलको भनाइ छ । उनले हरेक वर्ष १५ प्रतिशतका दरले फूलको माग बढ्दै गएको बताए । पछिल्लो समय फूल व्यवसाय गर्ने कृषक बढ्दै गएको भए पनि माग पनि बढ्दै जाँदा पूर्णरूपमा माग आपूर्ति गर्न सकेका छैनांै ।’ उनले भने, ‘यसपटक पानीले धेरै फूल खेतीमा असर पारेको हुँदा आन्तरिक उत्पादनले बजारको माग धान्न नसक्ने भएपछि भारतबाट २ लाख ३२ हजार सयपत्री फूलको माला आयात गर्नुपर्ने बाध्यता रहेको उनले जनाए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij