आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

फूलैफूलले सजियाे जाउलाखेलकाे खेल मैदान

  • प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७८



  • काठमाडौं । जावलाखेलको खेल मैदानमा शुक्रबारदेखि १४औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ सुरु भएको छ । सोमबारसम्म रहने मेलामा ४ सयभन्दा बढी प्रजातीका ढकमक्क फलफूलहरुले सजाइएका ४८ वटा स्टल रहेका छन् ।

    फूल प्रेमीहरूको भीड लागेको प्रदर्शनीमा आकर्षण रुपमा सजाइएका स्टलहरु रहेका छन् । जसमा, स्टलैपिच्छे फोटो खिच्ने युवाहरुको पनि उत्तिकै भीड देखिन्छ ।

    यो वर्षको प्रदर्शनीमा उत्कृष्ट स्टलको उपाधि थापा नर्सरी कीर्तिपुरको स्टलले जितेको छ । स्टलको अगाडि प्रमाणपत्र र पुरस्कार राखिएको थापा नर्सरीको स्टलमा विभिन्न रङका गोदावरी फूल बेच्नको लागि सजाएर राखिएको छ ।

    विभिन्न विधामा पुरस्कृत गर्दै आएको प्रदर्शनीले यस वर्ष भने उत्कृष्ट स्टललाई मात्र पुरस्कृत गरेको छ ।

    प्रदर्शनी उत्साहजनक देखिएको छ । यस्ता फूल प्रदर्शनीले पुष्प व्यवसायीलाई मात्रै नभएर फूलप्रेमी नागरिकलाई पनि आकर्षण गरेको छ ।

    प्रदर्शनीमा व्यवसायीहरु फलफूलका विरुवासँगै रोप्ने तरिका, घरमा कुन फूल अथवा प्लान्टलाई कस्तो स्थानमा राख्ने, कसरी रोप्ने, कतिदिनमा पानी हाल्ने लगायतका सुझाव दिइराखेको देख्न सकिन्छ ।
    प्रदर्शनीमा हजारौं पर्ने फलफूलका बोटदेखि सस्तोमा ५० रुपैयाँसम्मका विरुवाहरु किन्न पाइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij