आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

तिहार लक्षित सामग्रीमा अचाक्ली मूल्यवृद्धि, सरकारी अनुगमन शून्य

  • प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७८



  • काठमाडौं । चाडपर्वको निहुँमा उपभोक्ता लुट्ने क्रमले तिहार बजारमा पनि निरन्तरता पाएको छ । बजारमा तिहार लक्षित सामग्रीको मूल्य आकासिएको गुनासो उपभोक्ताहरूको छ ।

    तिहारमा मुख्यतः झिलीमिली बत्ती, भाइमसला फूलमालालगायत वस्तुको खपत बढी हुन्छ । तर, यही समयमा यिनै वस्तुको मूल्य अचाक्ली बढिरहेको छ । तिहारलाई अत्यावश्यक चिनी, आँटा–मैदा, काजु, किसमिस, नरिवल, छोकडा, ओखरलगायत वस्तुको मूल्य यो वर्ष अत्यधिक बढेको छ ।

    यस्ता मसला विशेषगरी भारत, पाकिस्तान र चीनबाट आयात हुने गरेको छ । छोकडाको बजारमा अभाव रहेको व्यापारी बताउँछन् । भाइमसलाको मूल्य गत वर्षको अनुपातमा अत्यधिक बढेको उपभोक्ता बताउँछन् ।

    व्यापारी भने आफ्नै लगानी बढी परेकाले मूल्य बढेको स्वीकार्छन् । ५÷१० रुपैयाँ फाइदा राख्दा बजारमा महँँगो पर्न जाने उनीहरूको तर्क छ । तिहारमा घर सजाउन प्रयोग हुने विद्युतीय झलरको मूल्य गत वर्षको तुलनामा ३० प्रतिशत बढेको व्यापारीको भनाइ छ ।

    ढुवानी भाडा र लागत बढेसँगै आयातमा कमी हुँदा मूल्य बढेको उनीहरूको दाबी छ । व्यवसायीका अनुसार बत्ती चीन र भारतबाट आयात हुन्छ । बजारमा मूल्य बढिरहेको छ । तर, अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग मौन छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij