आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राष्ट्रपति भण्डारीले गरिन् दक्षिण एसियाकै ठूलो स्याउ फार्मको अनुगमन

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १६, २०७८



  • लमजुङ। राष्ट्रपति विधादेवी भण्डारीले सोमबार निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ स्याउ फार्मको अबलोकन गरेकी हुन् ।

    मनाङ ङिस्याङ गाउँपालिका–१ भ्रताङमा रहेको एग्रो मनाङ प्रा.लि. को स्याउबारी दक्षिण एसियाकै ठूलो हो । ७३५ रोपनी क्षेत्रफलमा स्याउखेती गरिएको छ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।

    राष्ट्रपति भण्डारीलाई एग्रो मनाङ प्रा.लि.का अध्यक्ष समराज गुरुङ र प्रबन्ध निर्देशक युवराज गुरुङले स्याउ फार्मकाबारेमा जानकारी गरएका थिए । अवलोकनपछि राष्ट्रपति भण्डारीले नेपालको दुर्गम जिल्लामा उन्नत र व्यावसायिक कृषि खेती गरेर नेपालको अर्थतन्त्रमा थप सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरिन् ।

    मनाङको हाइ अल्टिच्युडमा रहेको यस एग्रो मनाङ फार्ममा देशको पहिलो महिला राष्ट्रपतिलाई स्वागत गर्न पाउँदा सम्पुर्ण मनाङका बासिन्दाहरु खुसी भएको प्रतिनिधिसभा सासद पाल्देन छोपाङ गुरुङले बताए ।

    भ्रमणका क्रममा सांसद पाल्देन छोपाङ गुरुङ र मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले मनाङ जिल्ला र पालिकाको सुन्दरता र समस्याकाबारेमा धारणा राखेका थिए । उक्त फार्ममा गत आर्थिक वर्षमा ४५० टन स्याउ उत्पादन भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij