प्रकाशित मिति : मङ्लबार, कार्तिक १६, २०७८
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४६९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११५ पीसीआर परीक्षणमा ४२२ र ३ हजार १७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।
त्यस्तै, गत २४ घण्टामा ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij