आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीद्वारा सपथ ग्रहण

  • प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७८



  • काठमाडौं । कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।

    गए राति प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बन्नुु भएको हो ।

    नेपाली कांग्रसका शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नु हुनेछ । गठबन्धनभित्र मन्त्रालय बाँडफाँटको टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ ।

    गठबन्धनमा आलोपालो सरकार चलाउने सम्झौता बमोजिम छोटो समयका लागि उहाँ मुख्यमन्त्री बन्नुभएको हो । यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएसँगै उहाँलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो ।

    गत वैशाख ३ मा विश्वासको मत लिँदै गर्दा भएको सहमति अनुसार महेन्द्रबहादुर शाहीले उहाँलाई सहज रूपमा सत्ता हस्तान्तरण गर्नु भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij