आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आजदेखि नेपाल संवत् ११४२ सुरु, नेवार समुदायले नयाँ वर्षको रूपमा मनाउँदै

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १९, २०७८



  • काठमाडौं।आज नेपाल संवत् ११४२ । नेवार समुदायले नेपाल संवत्लाई आफ्नो नयाँ वर्षको रूपमा मनाउने गरेका छन् ।एघार सय ४२ वर्ष अगाडि शंखधर साख्वाले गरिब जनताको ऋण मोचन गरेकाले त्यसको सम्मानमा नेपाल संवत् मनाउन लागिएको हो । सरकारले शंखधरलाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।

    नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ ।नेवार समुदायमा चाड पर्व, रीतिथितिलगायत धार्मिक तथा सांस्कृतिक कार्यमा नेपाल संवतको चन्द्रमासिक गणनाको प्रचलन छ । साथै नेवार समुदायले आफ्नो खलक पुचः गुठीलगायतका क्षेत्रमा पनि नेपाल संवतको प्रयोग गर्दै आएका छन् ।

    शंखधर साख्वाले गरेका कामको उच्च कदर गर्दै २०५५ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभुति घोषणा गरेका थिए ।नेपाल संवत् ११४० अर्थात् १ साउन २०७७ देखि लागू हुने गरी ललितपुर महानगरपालिकाले न्यायिक मामिलाहरूमा बाहेक अन्य सबै कामकाजमा विक्रम संवत्सँगै नेपाल संवतको अनिवार्य रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij