प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७८
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले सर्वसाधारणको मुद्धा हेर्न छाडेको दुई साता प्रधानमन्त्री चोलेन्द्र शमशेर राणाले आज नियमित पेशी तोक्नुभएको छ ।
प्रधानन्यायाधीशले पदत्याग गर्नुपर्ने माग गर्दै न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेर्न अस्वीकार गरिरहेको बेला प्रधानन्यायाधीश राणाले आज सवैखाले मुद्धाका १० वटा पेशी तोकेर ईजलाश राख्नुभएको हो ।
तोकिएका ईजलाश मध्ये ९ वटा संयुक्त इजलास रहेका छन् भने प्रधानन्यायाधीश राणाले आफ्ना लागि एक ईजलाश तोक्नुभएको छ । अझै पनि न्यायाधीशहरू आफूसँग संयुक्त ईजलाशमा बस्न तयार नभएको सन्देश पाएकाले राणाले आफ्ना लागि एकल ईजलाश राख्नुभएको बुझिएको छ।
एक सातासम्म कुनै पनि मुद्धाको सुनुवाई नगरेका न्यायाधीशहरुले तिहार अघि बन्दी प्रत्यक्षीकरणको मुद्धा हेर्न थालेका थिए भने तिहारको विदा सकिएपछि हिजो पनि बन्दी प्रत्यक्षीकरणका मुद्धा हेरका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij