आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मदिरा पिएर होहल्ला गर्दै हिँडेका मेजरमाथि अनुसन्धान गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७८



  • काठमाडौं । नेपाली सेनाका मेजर अशोकजंग शाहीमाथि अनुसन्धान गर्न सैनिक जंगी अड्डाले ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेको छ ।

    कैलालीमा आइतबार राति मदिरा प्रहरी र स्थानीयमाथि जाइलाग्ने सेनाका मेजर शाहीविरुद्ध जंगी अड्डाले महासेनानीको कमाण्डमा इन्क्वाइरी गठन गरेको हो । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार बुधबारबाट उनीमाथि छानबिन हुनेछ । ‘के भएको हो भन्ने बारेमा छानवीन हुनेछ त्यसको रिपोर्ट आएपछि मात्रै सबैकुरा भन्न सकिन्छ’, प्रवक्ता पौडेलले भने ।

    कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले आइतबार मेजर शाहीले मदिरा सेवन गरेर हो हल्ला गरेपछि पक्राउ गरेर सेनालाई बुझाइएको बताए । शाही कैलालीको लम्कीचुहा नगरपालिकास्थित सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत थिए ।

    आइतबार शाही नजिकको चिसापानी बजारमा आफ्नो वा ०१–००२६च ३४६१ नम्बरको गाडी आफै चलाएर स्थानीय होटल सञ्चालकसँग विवाद गरेका थिए । तर विवाद भएपछि शिक्षालय पुगेका शाही पुनः बजारमा पुगेका थिए । त्यहाँ हुद्दासँग पुगेका मेजर शाहीलाई स्थानीयले कुटपिट तथा उनको गाडीमा तोडफोड गरेका थिए ।

    त्यसक्रममा शाहीले हुद्दाको एसएलआर स्थानीयलाई ताकेका थिए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर सेनालाई बुझाएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij