आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सर्वोच्च अदालतमा इजलास सुरु

  • प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७८



  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले हिजो १० वटा इजलास तोकेपनि सहकर्मी न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेक अरु इजलास बहिष्कार गरे ।
    प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित न्यायाधीशहरूको संयुक्त इजलास पनि तोक्नुभएको थियो । तर, न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणको एउटा बाहेक अरु मुद्दाको सुनुवाइमा सहभागी भएनन् ।

    न्यायाधीशहरूको बहिष्कारकैबीच प्रधानन्यायाधीश राणाले भने आफ्नो इजलासमा मुद्दाको सुनुवाइ गर्नुभयो । यही कात्तिक ८ देखि आफ्नो राजीनामा माग गर्दै सर्वोच्चका १९ न्यायाधीशले आफूले तोकेको इजलास बहिस्कार गरेपछि राणा आफैंले मात्र सुनुवाइ गर्नुभएको हो ।

    उहाँले हिजो एकल र संयुक्त गरी १० वटा इजलास तोकेपनि बन्दी प्रत्यक्षीकरणको एउटा मात्र मुद्दा पेसीमा चढेको थियो । न्यायाधीश तेजबहादुर केसी र मनोज शर्माको इजलासमा बन्दीको एउटा मुद्दा थियो ।

    उक्त मुद्दा सुनुवाइ गरेपनि न्यायाधीशहरूले अन्य मुद्दाको सुनुवाइ भने बहिष्कार गरे । प्रधानन्यायाधीश राणाले भने आफ्नो इजलासमा आफैंले तोकेका सातमध्ये ६ वटा मुद्दा सुनुवाइ गर्दै आदेश गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij