आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हत्याको विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७८



  • धनगढी ।
    कैलालीमा युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मंगलबार राति टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार गरेर लम्कीका भुपेन्द्र बडुवालको हत्या भएको थियो ।

    हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै स्थानीयले लम्कीचुहा नगरपालिकामा राजमार्ग अवरुद्ध पारेका हुन् ।

    सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले बुधबार बिहानैदेखि पीडित पक्षले राजमार्ग अवरुद्ध पारेपछि सवारीसाधन सञ्चालनमा समस्या भएको जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि विभिन्न ठाउँबाट गन्तव्यका लागि छुटेका सवारीसाधन लम्कीमै रोकिएपछि सयौं यात्रुहरु अलपत्र परेका छन् ।

    मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीका २२ वर्षीय बडुवालको हत्या गरिएको थियो । प्रहरीले उनको हत्यामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij