आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुनको कोटा दैनिक ३० किलो बनाउन व्यवसायीको माग

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २६, २०७८



  • काठमाडौं । सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकलाई नेपाल सुनचाँदी व्यवसायी महासंघलेे आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधि मण्डलले हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्त्काल आपूर्ति व्यवस्था बढाउन राष्ट्र बैंकसँग आग्रह गरेको हो ।

    राष्ट्र बैंकको विदेशी विनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष मुलुकभर रहेका सुनचाँदी व्यवसायीको संख्या, यो व्यवसायमार्फत प्राप्त रोजगारी, राज्यलाई प्राप्त राजस्व लगायतका विषय समेटिएको प्रतिवेदन बुझाउँदै महासंघले हाल हुँदै आएको दैनिक २० किलो सुनको वितरण अपर्याप्त भएको जनाएको हो ।

    त्यस क्रममा महासंघका अध्यक्ष शाक्यले हाल विभिन्न वाणिज्य बैंक मार्फत सुनको आपूर्ति हुँदै आएकोमा त्यसलाई ब्यवस्थित र प्रभावकारी वनाउन गोल्ड बैंक मार्फत आपूर्ति गर्ने ब्यवस्था मिलाउनु पर्ने बताए । विभिन्न नाकावाट सुनको वितरण गर्नुपर्ने नीतिगत व्यवस्था भए पनि हालसम्म सुनको वितरण काठमाडौं केन्दि्रत रहेकोले त्यसलाई विकेन्द्रित गर्दै सहज रुपमा तोकिएका नाकावाट ब्यवसाायीले कच्चा सुन पाउने ब्यवस्था मिलाउनु पर्ने अध्यक्ष शाक्यको भनाइ थियो ।

    व्यवसायीसँगको भेटमा कार्यकारी निर्देशन पौडेलले प्रतिवेदन बुझ्दै व्यवसायीका मागलाई सम्बोधन गर्न आवश्यक पहल गर्ने आश्वासन दिएका थिए । भेटमा महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहन काजी शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायतको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij