प्रकाशित मिति : शुक्रबार, कार्तिक २६, २०७८
काठमाडौं । २७ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले सरकारी खर्च बढाउन आग्रह गरेका छन् । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग भएको भेटवार्तामा उनीहरुले पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानी योग्य रकमको अभाव धेरै देखिएकाले समस्या समाधानका लागि सरकारले पनि सहयोग गर्नु पर्ने बताएका हुन् ।
बैंकिङ क्षेत्रमा पछिल्लो समय तरलता संकट झन-झन बढ्दै गएको अवस्था छ । कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरुले निक्षेप संकलन भने बढाउन नसकेका कारण थस समस्या बढ्दै गएको छ । तरलता संकटका विषया कुराकानी गर्न अर्थमन्त्री शर्माले सबै बैंकका सीईओहरुलाई सिंहदरबारस्थित मन्त्रालयमा बोलाएका थिए ।
जवाफमा अर्थमन्त्री शर्माले सरकारी खर्च बढाउने कुरामा आफू पनि गम्भीर रहेको बताएका छन् । विकास खर्च भौतिक पूर्वाधार मन्त्रालयसँग जोडिने भएकाले अन्तरमन्त्रालयगत छलफलहरु समेत भइरहेको उनले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij