आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय सेनाले किन दिएन नेपाली सेनापतिलाई सेरेमोनियल ट्युनिक ?

  • प्रकाशित मिति : शनिबार, कार्तिक २७, २०७८



  • काठमाडौं । नेपाली सेनाका सेनापति प्रभुराम शर्मा भारतीय सेनाको पोशाक अर्थात् हरियाे रंगको सर्ट र हरियाे प्यान्टमा उपस्थित देखिए। कार्यक्रम विशेष समारोहको थियो तर उनी विशेष समारोहका लागि अनिवार्य मानिएको सेरेमोनियल पोशाकमा थिएनन्, अफिसियल पोशाकमा थिए।

    भारत भ्रमणको एउटा मुख्य कार्यक्रम भारतीय सेनाको मानर्थ सेनापति दर्जा ग्रहण गर्नुथियो। भारतीय राष्ट्रपति रामानन्द कोविन्दले राष्ट्रपति भवन नयाँ दिल्लीमा एक विशेष समारोहको आयोजना गरी सेनापति शर्मालाई कात्तिक २३ गते भारतीय सेनाको मानार्थ सेनापति दज्र्यानी चिन्ह, तरबारसहित प्रदान पनि गरे। तर, यो कार्यक्रममा उनले लगाएको पोशाकले यस्ता विशेष समारोहहरुका बारेमा जान्नेहरु अचम्ममा परेका छन्।

    विश्वभर नै प्रचलित विशेष समारोहको सैनिक पोशाक छाडेर अफिसियल पोशाकको व्यवस्था भारतीय सेनाले किन गर्यो आफ्नो मानार्थ सेनापतिको लागि? के भारतीय सेनाले अव सेरेमोनियल पोशाक नै परिवर्तन गरेको हो कि? वा नेपाली सेनापति शर्माका लागि मात्र यस्तो गरिएको हो?

    नेपाल र भारतका सेनापतिहरुलाई एकअर्को देशमा मानार्थ सेनापति दिइने र यसका लागि दुबै देशहरुका राष्ट्रपतिले नै सो पद्वी दिने चलन रहदै आएको छ। र, सो पद्वी लिने बेलामा पद्वी दिने देशको सैनिक पोशाक लगाउने, त्यहीँका सेनापतिको दज्र्यानी चिन्ह, पी क्याप वा वेरेट क्याप लगाउने चलन छ। पोशाकमा सर्ट, टाई र कोट तथा प्यान्टसहितको सेरेमोनियल ट्युनिक लगाउने गरिंदै आएको छ। र, त्यस्तो पोशाक जुन देशमा गएको हो त्यही देशको सेनाले सिलाएर दिने गरेको छ।

    नेपालमा आउँदा नेपाली सेनाले नै दिने गर्छ भने भारतमा जाँदा भारतीय सेनाले नै दिनुपर्ने हुन्छ। यसपटक पनि सेनापति शर्मालाई भारतीय सेनाले नै सो पोशाक उपलब्ध गराएको हो। सैनिक स्रोतका अनुसार, सेरेमोनियल पोशाक नै लगाउनु पर्ने हुँदा पोशाकमा अरु छनौट हुँदैन तर शरीरअनुसारको नाप भने माग्ने गरिन्छ। यसपटक पनि नाप दिइएको तर पोशाक किन सेरेमोनियल ट्युनिक दिइएन ? भन्ने कुराले भने आश्चर्यमा पारेको उच्च सैनिक स्रोतले बतायो। यसअघिका सबै सेनापतिको पोशाक सेरेमोनियल ट्युनिक नै देखिन्छ ।(हेर्नुहोस् फोटोहरु)।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij