आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

व्यक्ति हत्यासम्बन्धी मुद्दा ‘सिभिल कोर्ट’मा फिर्ता पठाउन सेनाको अटेर

  • प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७८



  • काठमाडौं । व्यक्ति हत्यासम्बन्धी मुद्दा ‘सिभिल कोर्ट’मै फिर्ता गर्न सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश कार्यान्वयनमा सेनाले अटेर गरेको छ । सैनिक जवान गंगाधर ढकालविरुद्धको हत्यासम्बन्धी मुद्दा सिभिल कोर्टमै फिर्ता गर्न गत १४ कात्तिकमा सर्वोच्चले अन्तरिम आदेश गरेको थियो ।

    तर, सेना ढकालविरुद्धको मुद्दामा पूर्ण फैसला नआएको भन्दै सर्वोच्चको आदेश तत्काल कार्यान्वयन गर्ने पक्षमा छैन । ‘ढकालविरुद्धको मुद्दामा सर्वोच्चले पूर्ण फैसला गरेको होइन, अन्तरिम आदेश मात्रै गरेको हो । यही आदेशकैे आधारमा सेना उक्त मुद्दा तत्काल सिभिल कोर्टमा फिर्ता गर्ने पक्षमा छैन । पूर्ण फैसला आएपछि मुद्दाको पक्षमा के गर्ने हो त्यही वेला सेनाले निर्णय गर्नेछ,’ सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले भने ।

    गत ७ साउनमा धादिङ नीलकण्ठ– ७ का भरत गुरुङलाई गोली हानी हत्या गरेको अभियोगमा ढकाल पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको थियो । मुद्दाको अनुसन्धान पनि जिप्रका चितवनले नै गरेको थियो ।

    जिल्ला अदालत चितवनमा थुनछेकको बहस चलिरहेका वेला सेनाका प्राड विभागका मेजर सरोज रेग्मी इजलासमा प्रवेश गरेका थिए । लगत्तै जिल्ला अदालतले ढकालको मुद्दा सैनिक अदालतलाई दिन आदेश गरेको थियो । गत १ भदौमा भएको उक्त आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय चितवन उच्च अदालत हेटौँडा पुगेको थियो । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि सरकारी वकिल कार्यालय सर्वोच्च पुगेको थियो ।

    नयाँ पत्रिका

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij