शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

ऐतिहासिक क्रिकेट शृङ्खलामा नेपाली महिला क्रिकेट टोलीको शानदार जीत

  • प्रकाशित मिति : बुधबार, मंसिर १, २०७८



  • काठमाडौं ।

    नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार जीत दर्ता गरेको छ । कतारसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाली महिला टोली ११९ रनको फराकिलो अन्तरले विजयी बनेको हो । नेपाली महिला क्रिकेट टोलीको यो पहिलो अन्तर्राष्ट्रिय शृङ्खला हो ।
    पहिले ब्याटिङ गर्दै नेपाली टोलीले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा कतारको टोली मात्र २७ रनमा अलआउट हुन पुगेको थियो । कतालाई सस्तोमा समेट्न रुबिना क्षेत्रीले ३ तथा कविता कुँवर र सीता राना मगरले २–२ विकेट लिए । करुणा भण्डारीले पनि एक विकेट लिइन् । खेलमा कतारका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक ५५ रनको योगदान दिइन् । उनले मात्र ४७ बलको इनिङमा उनले ५ चौका हिर्काइन् । यस्तै ‌ओपनर सीता राना मगरले ३९, सरिता मगरले २१ रन बनाउँदा कविता कुँवरले ८ तथा काजल श्रेष्ठले ३ रनको योगदान दिइन् । यस्तै नेपालले अतिरिक्त २० रन जोडेको थियो । खेलमा इन्दु बर्मा उत्कृष्ट खेलाडी घोषित् भइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij