आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्यानेटरी प्याड पाउन थालेपछि विद्यालय जाने छात्राको संख्यामा वृद्धि

  • प्रकाशित मिति : आइतवार, मंसिर ५, २०७८



  • अछाम । सरकारले देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूको लागि स्यानेटरी प्याड निःशुल्क रूपमा वितरण गर्ने व्यवस्था गरेको छ । विद्यालयमा निःशुल्क स्यानेटरी प्याड उपलब्ध हुने भएपछि विद्यालयमा किशोरीहरूको उपस्थिति पनि बढेको छ ।

    स्कुलमा नै स्यानेटरी प्याड पाइन थालेपछि अछामको साँफेबगर नगरपालिका-४ का शान्ति बुढालाई बीचमा नै पढाइ छोडेर घर फर्कनु परेको छैन । यसरी विद्यालयमै प्याड पाइन थालेपछि कहिल्यै स्कुल नछुटेको उनी बताउछिन् । १२ कक्षामा अध्यानरत उनी विद्यालयमै प्याडको व्यवस्था गर्ने कार्यक्रमले आफूजस्तै किशोरीलाई सजिलो भएको बताउँछिन् ।

    महिनावारिको समयमा विद्यालय जाँदा साँफेबगर नगरपालिका-७ रिडिकोटका मनिशा बयकको ध्यान पढाइमा भन्दा प्याड कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित हुन्थ्यो । विद्यालयमा प्याड पाउन थालेपछि प्याड परिवर्तन गर्न घरै पुग्नुपर्ने बाध्यता हटेको छ भने विद्यालय समयमा महिनावारी भए पनि पिर छैन ।

    उनी भन्छिन्, ‘पहिले प्रयोग गर्ने प्याड राम्रो नहुदा कतिपल्ट आफू बसेको वेन्चमा लागेको र आफूलाई अप्ठ्यारो महसुस हुन्थ्यो । अहिले अर्को प्याड तुरुन्तै विद्यालयमा पाइन्छ र फेर्न सकिन्छ ।’

    साँफेबगरको श्री सूर्यचन्द्र नमुना माध्यामिक विद्यालयले २०६९ सालदेखि नै स्यानेटरी प्याड वितरण गर्दै आएको छ । विद्यालयमा प्याड वितरण सुरू भएपछि विद्यालय आउने छात्राहरूको संख्या बढेको छ ।

    विद्यालयमा ७ सय ६८ विद्यार्थीमध्ये ३ सय ६८ जना छात्रा अध्ययनरत छन् । तीमध्ये महिनावारी हुने किशोरीको संख्या करिब २ सय छ । उनीहरूलाई विद्यालयले नियमित स्यानेटरी प्याड दिँदै आएको विद्यालयका प्रधानाध्यापक देवेन्द्र शाह बताए ।

    साँफेबगर नगर शिक्षा शाखा प्रमुख हिरादत्त भट्टका अनुसार २०७६/२०७७ मा प्राप्त भएको २४ लाखमा नगरपालिकाले ५० हजार थान स्यानेटरी प्याड खरिद गरेको थियो ।

    उक्त प्याड नगरपालिका भित्रका १६ वटा माध्यामिक विद्यालय र केही प्राथमिक विद्यालयमा समेत वितरण गरिएको उनको भनाइ छ । यस्तै २०७७/२०७८ प्राप्त भएको २५ लाखमा नगरपालिकाले स्यानेटरी प्याड खरिद गरेको छ भने वितरण गर्न बाँकी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij