आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यो वर्ष पनि पूँजीगत खर्च परिचालन दयनीय हुने संकेत

  • प्रकाशित मिति : आइतवार, मंसिर ५, २०७८



  • काठमाडौं, मंसिर ५ । पूँजीगत खर्च परिचालन यो बर्ष पनि दयनीय हुने संकेत देखिएको छ ।

    चालु आर्थिक बर्षको चार महिना वित्दासमेत संघीय सरकारको पूँजीगत खर्च ५ प्रतिशत पनि पुग्न सकेको छ्र्र्रैन । प्रदेश तहमा त खर्च झन ३ प्रतिशतको हाराहारीमा खुम्चिएको छ । वित्तीय क्षेत्रले यतिखेर तरलताको चरम संकट ब्यहोरिरहेको छ ।

    यसको मुख्य कारण नै सरकारी रकम खर्च हुन नसकेर ढुकुटीमा थन्किनुलाई मानिएको छ । अर्थमन्त्री जनार्दन शर्माले भने मासिक १० प्रतिशत खर्च गर्नेगरी काम गर्न बारम्बार निर्देशन दिंदै आउनुभएको छ । उहाँले त राजश्व दोब्बर बनाउन पनि कर्मचारीहरुलाई निर्देशन दिन छाड्नुभएको छैन ।

    जुन कुरा खर्च परिचालन क्षमतासंग प्रत्यक्ष जोडिएको हुन्छ । खर्च बढेर अर्थतन्त्र चलायमान नभै अपेक्षित आर्थिक बृद्धि हासिल गर्न सकिंंदैन । आर्थिक बृद्धि नगरी राजश्व मात्र बढाउन सम्भब हुँदैन । यसैले यही चालले उहाँको निर्देशन व्यर्थको रटानमा सीमित हुने देखिएको छ । फेरि पनि अर्थ मन्त्रालयले भने विकासे मन्त्रालयहरुलाई सहजीकरण गरिरहेको दाबी गर्न छाडेको छैन ।

    यस अवधिसम्म पूँजीगत खर्चमा आशातित सफलता प्राप्त नभए पनि पुस महिनाबाट भने मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने मन्त्रालयको स्पष्ट योजना रहेको अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्य बताउनुहुन्छ ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार आजसम्म पुँजीगत खर्च लक्ष्यको जम्मा ४.८७ प्रतिशत मात्रै भएको छ । सरकारले चालु आर्थिक वर्षमा पूँजीगत खर्च तर्फ ४ खर्ब ३९ अर्ब रकम छुट्टयाएकोमा जम्मा २१ अर्ब ४१ करोड मात्रै खर्च भएको हो । यस्तै यस अवधीमा चालु तर्फ भने लक्षित बजेटको २४ प्रतिशत अर्थात २ खर्ब ४१ अर्ब रकम खर्च भएको छ ।

    सरकारले चालु आर्थिक वर्षमा चालु खर्च तर्फ १० खर्ब ३७ करोड रकम विनियोजन गरेको छ । यस अवधीमा राजस्व संकलन भने लक्ष्यको २८ प्रतिशत अर्थात ३ खर्ब ४१ अर्ब २३ करोड पुगेको कार्यालयको तथ्यांक छ । खर्च परिचालनमा विगतको जस्तो हविगत दोहोरिन नदिन सरकार बेलैमा गम्भीर हुन जरुरी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij