आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमाले महाधिवेशनमा देउवा जाने, प्रचण्ड अन्योलमा, माधव नेपाललाई बहिष्कार

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७८



  • काठमाडौं । नेकपा एमालेको महाविधेवशन उद्घाटनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाने तय भएको छ ।

    सत्ता गठवन्धनका अर्का नेता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने अहिलेसम्म जाने नजाने टुंगोमा पुगिसेका छैनन् ।

    महाविधेशन उद्घाटनका दिन प्रचण्डको काभ्रे जाने कार्यक्रम तय भएको छ । दुईवटा गाउँपालिकामा यसअघि नै तय भएको पार्टीको पालिका अधिवेशनमा प्रमुख अतिथि भएर प्रचण्ड जाँदैछन् ।

    उहाँ (प्रचण्ड) महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाको पालिका अधिवेशनमा प्रमुख अतिथि हुनुहन्छ, त्यही भएर उहाँ महाधिवेशनमा शुभकामना दिन जाने नजाने टुंगो भइसकेको छैन,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।

    प्रधानमन्त्री देउवाले शुभकामना दिन जाने बताइसकेका छन् । तर सत्तागठवन्धन कै अर्को दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई भने एमालेले बहिष्कार नै गरेको छ । सवै दलका शीर्ष नेतालाई निम्तो दिइएको कार्यक्रममा नेपाललाई निम्तो नै गरिएको छैन ।

    निम्तो नपाएपछि सो पार्टीको जिल्ला तहका नेतासमेत उद्घाटन समारोहमा नजाने भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij