आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इन्जिनियरको घरमा पानीको पाइपबाट पानीको सट्टा पैसा निस्किन थालेपछि…भिडियो सहित

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७८



  • काठमाडौं। इन्जिनियरको घरमा जडान गरिएको पानीको पाइपबाट पानीको सट्टामा पैसाका नोटहरु निस्किएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । भारतको कर्नाटक राज्यको एन्टि करप्सन ब्युरोले जारी गरेको यो भिडियो अहिले चर्चामा छ ।

    एसीबीले यो छापा पब्लिक वर्क्स डिपार्टमेन्टका एक इन्जिनियरको घरमा मारेको थियो । भिडियोमा एसीबीका अधिकारीहरुले पाइपबाट पैसा र सुनका गहना निकालिरहेको देख्न सकिन्छ । जाँच एजेन्सीका अधिकारीहरुले कलबुर्गीमा जेइ शान्तागौडा बिरादरको घरमा छापा मारेका थिए । शान्तागौडामाथि आफ्नो कार्यकालमा आयभन्दा धेरै सम्पत्ति जम्मा गरेको आरोप छ ।

     

    एसीबीले यो छापा एसपी महेश मेघनावरको नेतृत्वमा गरेको थियो । मिडिया रिपोर्टका अनुसार एसीबीले बिहान ९ बजे घरको ढोका ढकढक्याएको थियो । तर, बिरादरले ढोका खोल्न १० मिनेट लगाए । यसबाट एसीबीलाई उनले कतै पैसा लुकाएको शंका भयो ।

    छापा मार्ने क्रममा एसीबीले प्लम्बर बोलाएर पिभिसी पाइल काट्न लगायो । प्लम्बरले पाइप काटेपछि त्यहाँ पैसा र गहना भेटिए । न्यू इण्डियन एक्सप्रेसका अनुसार उनको घरमा अवैध साढे १३ लाख रुपैयाँ भेटियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij