आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एक सिलिण्डर ग्यासमा एक हजार रुपैयाँ घाटा छ : कार्यकारी निर्देशक पौडेल

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १७, २०७८



  • काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले एउटा एलपी ग्यास सिलिण्डरमा एक हजार रुपैयाँ घाटा बेहोरिरहेको जिकिर गर्नुभएको छ ।

    बिहिबार राज्यका निर्देशन सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले गरेको छलफलमा निर्देशक पौडलेले पौडेलले निगमले सबै भन्दा बढी एलपी ग्यासमा घाटा रहेको बताउनुभयो ।

    नेपालभर दैनिक एक लाख सिलिण्डर खपत हुने गरेको उहाँको भनाइ छ । ‘एलपी ग्यासमा सबै भन्दा धेरै घाटा छ,’ उहाँले भन्नुभयो, ‘दैनिक एक लाख सिलिण्डर मुलुकभर खपत हुँदा एउटा सिलिण्डरमा निगमले ७५० रुपैयाँ र सरकारको २५० रुपैयाँ घाटा बेहोरिरहेको छ ।’

    निगमले दैनिक साढे ७ करोड घाटा खाएर काम गरिहेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषय भन्दा पनि आयल निगम रहने की नरहने भन्ने पहिलो विषय भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘निगमले सधैँ घाटामा रहेर काम गर्दा निगम रहने की नरहने अवस्था आउन सक्छ । निगम घाटामा गएर नै मूल्य वृद्धि गर्नुपरेको हो । दैनिक ७ करोड घाटामा काम गरेको छ ।’

    निर्देशक पौडेलले सरकारले निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपर्ने अवस्था सिर्जना पनि गर्न नहुने बताउनुभयो । घाटामा रहेर काम गरिरहँदा पनि निगमलाई नै विवादित बनाउनु राम्रमो नभएको उहाँको भनाइ छ ।

    दैनिक करोडौं घाटामा गइरहने हो भने निगम भन्दा पनि सरकार नै चल्न नसक्ने निर्देशक पौडेलको भनाइ छ । पछिल्लो समय इन्धनको मूल्य वृद्धिको विषयमा सत्तारुढ दलका विद्यार्थी संगठनलेसमेत आगो लगाउने धम्की दिएको भन्दै उहाँले यस्तो अवस्थामा निगमलाई काम गर्न असहज हुने बताउनुभयो ।

    छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले ग्यास खपत कम गर्ने विषयमा माथिल्लो निकायसँग छलफल भइरहेको बताउनुभयो । उहाँले ग्यासको खपत कम गर्न विद्युतको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि विद्युत प्राधिकरणले नयाँ प्राविधिक व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

    सचिव पोखरेलले इन्धनमा विश्वका धेरै देशमा कर महंगो नै भएको जिकिर गर्नुभयो । उहाँले मुलुकको इन्धनको आवश्यकता कति हो त्यसको करको रेट कति हुनुपर्छ सबै बसेर छलफल गर्नुपर्ने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij