आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस सुदूरपश्चिम प्रदेश निर्वाचनः नौ सय मत खस्यो

  • प्रकाशित मिति : शनिबार, मंसिर १८, २०७८



  • धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत कार्यसमिति चयनका लागि भएको मतदानमा नौ मत खसेका छन् । एक हजार १७ मतदाता रहेको प्रदेशमा मतदान सकिन अझै एक घण्टा लाग्ने अनुमान गरिएको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले बताए ।

    उनका अनुसार शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । मतदान सकिएपछि राति नै गणना गर्ने वा भोलि गर्ने भन्ने विषयमा पछि छलफल गरिनेछ । ५९ जना सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि एक सय ७७ जनाले उम्मेदवारी दिएका छन् ।

    संस्थापन पक्षबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको नेतृत्वमा टिमसहित चुनावमा होमिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र टिमसहित चुनाव लडिरहेका छन् ।

    संस्थापन पक्षबाट प्रदेश उप(सभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह ९मनू० र अछामका मेघराज खड्का तथा सह(महामन्त्रीमा कञ्चनपुरका चिन्तामणि भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन् ।

    यस्तै, संस्थापन इतर पक्षबाट उप(सभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सह(महामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवार दिएका छन् ।

    निर्वाचनबाट एक सभापति, दुई जना उप(सभापति, एक महिलासहित तीन जना महामन्त्री चयन हुने छन् । यसैगरी सदस्य खुलातर्फ तीन महिलासहित ११ जना, भूगोलतर्फ प्रत्येक जिल्लाबाट एक महिलासहित १८ जना, खस आर्य कोटाबाट ६ महिला ६ पुरुष गरी १२ जना, आदिवासी कोटाबाट एक जना, दलित कोटाबाट एक महिलासहित तीन जना, मधेसी कोटाबाट एक जना, थारु कोटाबाट एक महिला र दुई खुला गरी तीन जना, मुस्लिमबाट एक जना, अपांङ्गता भएका एक जनासहित ५९ सदस्यीय प्रदेश समिति चयन हुनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij