आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गुप्तांगमा बम अड्किएपछि आत्तिँदै अस्पताल पुग्दा डाक्टरहरु डराएर भागाभाग

  • प्रकाशित मिति : शनिबार, मंसिर १८, २०७८



  • काठमाडौं। बेलायतमा एक व्यक्तिको गुप्तांगमा बम अड्किएपछि उनी घाइते अवस्थामा अस्पताल पुगे । अस्पताल पुग्दा डाक्टरहरु पनि आत्तिए । त्रसित डाक्टरहरुले हतार हतार बम डिस्पोजल डोली बोलाए । यी व्यक्तिको पछाडि मलद्वारमा फसेको यो बम दोस्रो विश्वयुद्धको बम भएको बताइएको छ ।

    रिपोर्टका अनुसार यी व्यक्ति चिप्लिएर दोस्रो विश्वयुद्धकालको एन्टि ट्यांक गोलामाथि पछारिएको थिए । यसरी पछारिँदा त्यो बम उनको मलद्वारमा छिरेको थियो । घाइते अवस्थामा उनी अस्पताल पुगे । द सनको रिपोर्टअनुसार ग्लासेस्टरशायरको रोयल अस्पतालमा उनी पुग्दा डाक्टरहरु पनि आत्तिए र उनीहरुले बम डिस्पोजल टोली बोलाए ।

    यद्यपि बम डिस्पोजल टोली अस्पताल पुग्नुभन्दा पहिल्यै उनको मलद्वारबाट त्यो बम निकालियो र उनको उपचार सुरु गरियो । पछि बम डिस्पोजल टोली पुगेर जाँच गर्दा बम निष्क्रिय भइसकेको र त्यो विष्फोट हुने खतरा नभएको खुलासा भयो ।

    रिपोर्टअनुसार यी व्यक्ति बेलायती सेनाका पूर्व सदस्य थिए । उनलाई पुरानो समयका हतियार जम्मा गर्ने सोख थियो । उनले दोस्रो विश्वयुद्धकालको यो गोला पनि आफूसँग राखेका थिए । केही दिनअघि कोठाको सरसफाइको क्रममा उनी चिप्लिए र बममाथि पछारिए । पछारिँदा बमको चुच्चो माग मलद्वारमा पस्यो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij