आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

  • प्रकाशित मिति : बुधबार, मंसिर २२, २०७८



  • काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा आजदेखि काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । होटल हायातमा आयोजित सम्मेलनको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ ।

    २०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पनाका अनुभव तथा सिकाई बाँड्न आयोजित सम्मेलनको अध्यक्षता परराष्ट्रमन्त्री नारायण खड्काले गर्नुभएको छ ।

    भारत, अमेरिका, चीनसहितका राजदूतहरु पनि सम्मेलनमा सहभागी छन् । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरुबाट पुगेको क्षतिको पुनर्निर्माण तथा पुनस्थार्पनाका अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सफलतापूर्वक सम्पन्न गरेको सन्दर्भमा सम्मेलन आयोजना गरिएको हो ।

    यसैबीच, चीनले प्राकृतिक विपत्ति र कोभिड–१९ महामारीविरुद्ध नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको पुननिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले भूकम्पपछिको पुननिर्माणमा पनि चीन नेपालसँग उभिएको बताउनुभयो ।

    कोभिडविरुद्ध चीनले थप ४० लाख डोज खोप सहायता गर्ने बताउँदै विदेशमन्त्री यीले महामारीविरुद्ध नेपाललाई सघाउन चीन अडिग रहेको बताउनुभयो । चीनले नेपालसँग मिलेर साझा भविष्यको खोजी गर्न चाहेको उहाँको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij