आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

भारतीय सेनाप्रमुख सवार हेलिकप्टर दुर्घटना, ४ शव भेटिए, ७ जना घाइते, ३ जनाको अवस्था अज्ञात

  • प्रकाशित मिति : बिहिबार, मंसिर २३, २०७८



  • काठमाडौं। भारतको तमिलनाडु राज्यको कुन्नुरमा भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा सीडीएस रावत, उनकी पत्नीसहित सेनाका उच्च अधिकारीहरु थिए । दुर्घटनापछि अहिले उद्धार अभियान चलाइएको छ । हेलिकप्टरमा १४ जना सवार भएको बताइएको छ ।

    दुर्घटनास्थलबाट ४ शव बरामद गरिएको समाचार एजेन्सी एएनआइले जनाएको छ । ७ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । अन्य तीन जनाको अवस्था अज्ञात छ । मृत्यु हुने, घाइते हुने र हराइरहेका को–को हुन् भन्ने विषयमा अहिलेसम्म सेनाले स्पष्ट जानकारी दिएको छैन । दुर्घटनाको कारण खराब मौसम हुन सक्ने प्रारम्भिक जाँचमा अनुमान गरिए पछि कारण स्पष्ट हुन सकेको छैन । सेनाको कार्ट अफ इन्क्वायरीपछि मात्र कारण स्पष्ट हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij