आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजाले प्रयाेग गर्ने बग्गीका कहानी : कुन बग्गी केका लागि ?

  • प्रकाशित मिति : बिहिबार, मंसिर २३, २०७८



  • काठमाडौं । राजामहाराजाहरूको इतिहास फगत बखान मात्र नभएर संग्रहालय पनि हो । नेपाली सेनाले आफ्नो क्याभलरीमा संरक्षण गरी राखेका बग्गीहरूले नेपाली इतिहासको वैभव चिनारी दिन्छ ।

    राणा प्रधानमन्त्री जंगबहादुर, जुद्धशमशेर, भीमशमशेर, चन्द्र शमशेर हुँदै शाह परिवारका राजामहाराजाले समेतगरी २१ बग्गीको उपयोग गरे । बग्गीका आ–आफ्नै विशेषता छन् । राजसंस्थाको अन्त्य भएसँगै सेनाले इतिहासका नासो संरक्षण गरेको छ ।

    दशकौं अघि प्रयोगमा ल्याइएका र अहिले थान्को लागेका बग्गीहरूको आफ्नै कथा छ । राणा प्रधानमन्त्री जंगबहादुर राणाले प्रयोग गर्ने गरेको झण्डावालको नामले परिचित बग्गीको बनावट रोचक छ । ब्यारेकमा भए मध्ये यो निक्कै ठूलो आकारमा छ ।
    झण्डावाल बग्गी

    बेलायतबाट ल्याइएको ‘झण्डावाला बग्गी’भित्र शौचालयको समेत प्रबन्ध छ । जंगबहादुरको शासनकालमा राणाहरूको मनोरन्जनका लागि मोटर कोचका रूपमा यसको उपयोग गरिन्थ्यो ।

    राजपरिवारको शुभ कार्यहरूमा प्रयोगमा ल्याइने बग्गीको नाम हो कालो सालेबम बग्गी । भीमशमशेरको पालामा यसलाई नेपाल भित्र्याइएको हो ।
    कालो सालेबम बग्गी

    राजा वीरेन्द्रले प्रयोग गर्ने गरेको स्टेट कोच १ बग्गी भारतको कोलकाताबाट ल्याइएको हो, जुन अन्तिम समय राजा ज्ञानेन्द्र २०५८ सालमा पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्दा प्रयोगमा ल्याइएपछि थन्किएको हो ।
    स्टेट कोच १ बग्गी

    सन् १९८० मा कोलकाताबाट ल्याइएको अर्को स्टेट कोच २ भने पूर्वरानीहरूका लागि उपयोग हुन्थ्यो । यो दिल्ली झप्पावाल नामले परिचित बग्गी हो । यसको प्रयोग अधिराजकुमार र अधिराजकुमारीको शुभकार्यमा प्रयोग हुने गरेको थियो ।
    स्टेट कोच २ बग्गी

    पछिल्लो समय पूर्वयुवराज पारस शाहको विवाहपछि यो बग्गी उपयोगविहीन बनेको छ । चार लाल्टिन ल्याण्डुको उपयोग कुटनीतिज्ञका लागि प्रयोग हुन्थ्यो । ओहोदाको प्रमाणपत्र पेश गर्न आएका कुटनीतिज्ञहरू यो बग्गीको प्रयोग गर्थे ।

    निक्कै नै आकर्षक र इतिहास बोकेका यी बग्गीहरूको प्रयोग नेपाली सेनाले औपचारिक समारोहमा गर्ने गरेको छ । आकारमा ठूला बग्गीहरू भने चलाउन सक्ने अवस्थामा नरहेकाले यतिकै राखिएका छन् ।
    बग्गी संरक्षण गरि राखिएको बग्गी ब्यारेज

    दशकौंदेखि प्रयोगमा नल्याइए पनि नेपाली सेनाले सरसफाइ र मर्मत सम्भार गरेकाले यसको संरक्षणमा खोट लाउने ठाउँ छैन । यी बग्गीजस्तै अन्य संग्रहालयका सम्पदाको पनि संरक्षण हुन जरुरी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij