आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१९ लाख मोडेर्ना खोप आज नेपाल आउँदै

  • प्रकाशित मिति : आइतवार, मंसिर २६, २०७८



  • काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत नेपालमा आज १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आउने भएको छ । गत बिहीबार र शुक्रबार गरी ३६ हजार ६ सय डोज मोडर्ना खोप आइसकेको छ । सरकारले यो खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरेको छ । देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान संचालन गर्ने स्वास्थ्य विभागले जनाएको छ ।

    हिमाली जिल्लामा सय भन्दा बढी विद्यार्थी भएको विद्यालय र बाँकी जिल्लामा २ सय बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएको छ । तर फाइजर खोप लगाउन शुरु गरिएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरामा भने मोर्डनाको खोप लगाईने छैन । ती जिल्लाहरुमा फाइजरको थप खोप आएपछि पुनः खोप अभियान संचालन गरिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij