आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भोटिङ मेसिनको लागेन भर !

  • प्रकाशित मिति : सोमवार, मंसिर २७, २०७८



  • काठमाडौं । कांग्रेसका शीर्ष नेताहरूले पार्टीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। सभापति पदका आकांक्षीमध्ये एक डा। शेखर कोइरालाले आफ्नो प्रतिबद्धतापत्रमै ‘डिजिटलाइजेसन’को कुरा उठाएका छन्। तर, १४औं महाधिवेशनअन्तर्गत सोमबार हुने निर्वाचनमा भने कागजी मतपत्र नै प्रयोग गरिँदै छ। यसले निर्वाचन प्रक्रियालाई बढी झन्झटिलो, लामो र खर्चिलो बनाउने नेता÷कार्यकर्ताले बताएका छन्।

    विद्युतीय मतदान प्रक्रियामा जान अनुरोध गरिए पनि सहमति जुट्न नसकेको केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरे सुनाउँछन्। ‘हामी त त्यसकै लागि लालयित थियौं। तर, सायद सहमति जुट्न नसकेर होला, उहाँहरू जान मान्नुभएन’, संयोजक घिमिरे भन्छन्।

    महाधिवेशन प्रचार–प्रसार समितिले इलेक्ट्रोनिक भोटिङ मेसिन ९ईभीएम० प्रयोगमा जान सकिने जानकारी दिएको थियो। तर, शीर्ष नेताहरूबीच सहमति जुट्न नसक्दा कागजी मतदानमै जानुपर्ने भएको महामन्त्री पदका उम्मेदवार विश्वप्रकाश शर्मा बताउँछन्।

    नेपाल तरुण दलका ओखलढुंगा उपसभापति उत्तमकुमार थापा पार्टीको शीर्ष स्थानमा पुरानै नेताहरू हाबी भएकाले विद्युतीय पद्धतिलाई विश्वास गर्न नसकेको बताउँछन्। समयानुकूल हुन नसक्दा आधुनिक प्रविधिको जमानामा पनि झन्झटिलो र खर्चिलो विधिमै गइरहेको थापाको भनाइ छ। अबको नेतृत्व युवाको काँधमा आयो भने आगामी निर्वाचनहरू मितव्ययी हिसावले गर्न सकिने विश्वास उनी व्यक्त गर्छन्।

    अन्नपूर्ण

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij