आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुव्र्यवहार भएकोप्रति महासङ्घको ध्यानाकर्षण

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २८, २०७८



  • काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा समाचार सङ्कलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यबाट दुव्र्यवहार भएको घटनाप्रति नेपल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।

    महाधिवेशनका क्रममा आज तीन घण्टा ढिलो गरी सुरु भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकालाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले भित्र जान नदिई दुव्र्यवहार गर्दै समाचार सङ्कलनमा रोक लगाएका थिए । समाचार सङ्कलनमा अवरोध गरेको घटनाप्रति महासङ्घले आज विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षणसमेत गराएको छ ।

    ‘नेपाली कांग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार सङ्कलनमा सहज बनाइनुपर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैँमा निन्दनीय हुनाका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो, पत्रकारलाई निर्बाध रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाई प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij