आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस सभापति देउवाको राजनीतिक यात्रा

  • प्रकाशित मिति : बुधबार, मंसिर २९, २०७८



  • काठमाडौं। कुशल राजनीतिज्ञ शेरबहादुर देउवाले नेपाली काँग्रेसको दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएसँगै नेपाली राजनीतिमा नयाँ उचाइ प्राप्त गरेका छन् । छात्र सङ्घबाट उदाएका देउवाको यो सफलता सजिलै भने प्राप्त भएको होइन ।

    डडेल्धुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुवा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट विसं २००३ जेठ ३१ मा जन्मेका देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा दोस्रो पटक विजयी हुनका लागि लामो राजनीतिक यात्रा तय गरे ।

    विद्यार्थी जीवनबाटै राजनीति सुरु गरे देउवा लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी करिब १० वर्ष राजनीतिक बन्दी जीवन बिताए । देउवाको जीवनयात्रा निकै कठिन र सङ्घर्षमय छ । विसं २०२२ मा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।

    उनी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति बन्न सफल भए। विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाएका थिए । त्यतिबेला उनी भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेल्धुरा पुग्थे ।

    कांग्रेसको केन्द्रीय सदस्यमा रहँदै आएका देउवा विसं २०५७ मा पोखरामा भएको कांग्रेसको १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग सभापति पदमा पहिलो पटक प्रतिस्पर्धा गरे । कुल एक हजार ४७७ मतमध्ये कोइरालाले ९३६ र देउवाले ५०७ प्राप्त गरे ।

    (प्रजातान्त्रिक)को सभापति भएका कारण कांग्रेसको ११औँ महाधिवेशनमा प्रतिस्पर्धामा रहेनन् । २०६२/६३ को आन्दोलनपछि दुवै पार्टी एक भएपछि १२औँ महाधिवेशनमा देउवा पुनः सभापतिको उम्मेदवार बने । सो महाधिवेशनमा सुशील कोइरालासँग उनको प्रतिस्पर्धा भयो । कोइरालाले एक हजार ६५२ र देउवाले एक हजार ३१७ मत प्राप्त गरेर उपविजेतामा चित्त बुुझाउनुुप¥यो । दुुई नेताबीच ३३५ मतको अन्तर थियो ।

    सभापति सुशील कोइरालाको निधनपछि २०७२ फागुुनमा भएको १३औँ महाधिवेशनमा देउवाले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गरे । पहिलो चरणको मतदानमा ५० प्रतिशतभन्दा बढी मत पुुग्नलाई ११ मत कम भएपछि दोस्रो चरणको मतदान भएको थियो ।

    त्यसमा देउवाले नेता पौडेललाई ५२६ मतान्तरले सभापतिको शिखर चुम्न सफल भए । देउवाको यो दोस्रो र विधानअनुसार अन्तिम कार्यकाल पनि हो । कांग्रेसको विधानमा काँग्रेस सभापति लगातार दुुई पटकसम्म मात्रै हुने व्यवस्था छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij