आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिने तयारी, भेरोसेल खोप लगाएकालाई प्राथमिकता

  • प्रकाशित मिति : बुधबार, मंसिर २९, २०७८



  • काठमाडौं। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न धेरै देशले खोप लगाइसकेका व्यक्तिलाई थप बुस्टर डोज खोप दिन सुरु गरिरहेका छन् । भाइरसको जोखिम कायमै रहेको भन्दै ती देशले भाइरसविरुद्ध दुवै डोज खोप पूरा गरेकालाई थप खोप दिन आवश्यक ठानेका हुन् । वुस्टर डोज खोप दिन नेपालले समेत सक्रियता देखाएको छ । भेरोसेल खोप लगाएका जेष्ठ नागरिकहरुको स्वास्थ्यमा असर देखिन थालेको भन्दै विज्ञहरुले समेत वुस्टर डोज खोप दिन सुझाव दिएका छन् ।

    कोरोना भाइरस नियन्त्रण गर्न नेपालमा समेत वुस्टर डोज खोप लगाउनुपर्ने आवाज उठेको छ । कोरोना भाइरसको म्युटेसन भएर आएको नयाँ ओमिक्रोन भेरियन्टलाई यहाँ प्रयोगमा रहेको खोपले काम नगर्ने तथ्य बाहिरिएको समयमा बुस्टर डोज खोप लगाउन धेरै देशले आग्रह गरिरहेका छन् । यसअघि लगाइसकेको खोपले कति समय काम गर्छ भन्ने यकिन नभएपछि भाइरसविरुद्ध थप डोज खोप दिन सुरु भएको छ ।

    सरकारले बुस्टर डोजका लागि डेढ करोड खोप खरिद गर्ने तयारी गरेको जनाएको छ । हाल देशको पूरा जनसंख्याको ३० प्रतिशतले दुवै डोज खोप र ३७ प्रतिशत व्यक्तिले १ डोज खोप पूरा गरेका छन् । यस्तै राष्ट्रिय खोप सल्लाहकार समितिले समेत दुई डोज भेरोसेल खोप लगाएका दीर्घरोगी र ६० वर्ष माथिका सबै नागरिकलाई तेस्रो डोज खोप दिन सरकारलाई सिफारिस समेत गरेको छ ।

    सल्लाहाकार समिति सदस्य डा. रमेशकान्त अधिकारीले सबैभन्दा भेरोसेल खोपको दुबै मात्रा पूरा गरेका व्यक्तिमा खोप लगाउन सिफारिस गरिएको जानकारी दिनुभयो । तर सबभन्दा पहिले कोभिशिल्ड खोप दिन सुरु गरिएको भएपनि भेरोसेल खोप लगाएकालाई खोप लगाउन सिफारिस गरिएको छ । यता, विश्व स्वास्थ्य संगठनले भने भेरोसेल खोप लगाएका ३ महिना पूरा गरेका व्यक्तिलाई थप १ डोज खोप दिन सकिने जनाएको छ । परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लाल कर्ण दुवै डोज खोप लगाएका जेष्ठ नागरिकलाई ६ महिनाभित्र वुस्टर डोज खोप दिन सकिने बताउनुहुन्छ ।

    खोपका अनुसन्धानहरुले समेत भाइरसविरुद्ध खोपका कारणले बनेका एन्टिबडीहरु खस्किदै जाने गरेको देखाएको छ । भेरोसेल खोप लगाएका जेष्ठ नागरिकको स्वास्थ्यमा प्रारम्भिक असर देखिएको भन्दै भाइरोलोजिष्ट डा. शेरबहादुर पुनले उनीहरुलाई बुस्टर डोज खोप आवश्यक रहेको बताउनुभयो ।

    ओमिक्रोन भेरियन्ट रोक्न वुस्टर डोज खोप दिन धेरै देशले सुरु गरेको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता कम भएका र जेष्ठ नागरिकलाई खोप दिने विषयमा सरकारले समयमा नै निर्णय लिनु आवश्यक छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij